Tuesday, September 22, 2026
Home अपराध प्रेमप्रस्ताव अस्वीकार गर्दा बदला स्वरूप वीरगंजमा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार

प्रेमप्रस्ताव अस्वीकार गर्दा बदला स्वरूप वीरगंजमा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार

191

भदौ २०
वीरगंज । वीरगंज महानगरपालिकामा १५ वर्षीया किशोरीमाथि शुक्रबार बिहान ६ः१० बजेको समयमा एसिड प्रहार भएको छ। उनलाई १६ वर्षे सम्साद मिया तथा माजिद आलमले विद्यालय जाँदै गरेकी खातुनलाई गणेशमान चोकमा एसिड प्रहार गरेको पर्साका एसपी सोमेन्द्र सिंह राठौरले बताएका छन् ।

महानगरपालिकाको वडा नम्बर ६ स्थायी घर भई वडा नम्बर ३ स्थित मामाघरमा बस्दै स्थानीय त्रिभूवन हनुमान मावि कक्षा ९ मा अध्ययन गर्ने १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो। महानगरपालिकाको वडा नम्बर २ छप्कैया बस्ने उनीहरूले प्रहार गरेको एसिडले खातुनको अनुहार, छाती र हात, जलेको छ।

हाल उनको उपचार भइरहेको छ र एसिड प्रहारबाट कुन स्तरको क्षति पुग्यो भन्ने स्पष्ट हुन १२ घण्टाको समय लाग्ने जानकारी चिकित्सकले आफूलाई दिएको एसपी राठौरले बताए। प्रहरीले एसिड प्रहारगरी भागेका दुईमध्ये एसिड प्रहार गर्ने सम्साद आलमलाई नियन्त्रणमा लिएको छ भने माजिद फरार रहेका छन्।

एसपी राठौरका अनुसार सम्सादले प्रहरीसमक्ष साथी माजिदले राखेको प्रेमप्रस्ताव अस्वीकार गरेको र बदला स्वरूप एसिड प्रहार गरेको बयान दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको र फरार माजिदको तीब्र खोजी भइरहेको जानकारी दिएका छन्।