दुई साताको स्वास्थ्य उपचार गरेर स्वदेश फर्किए प्रधानमन्त्री

63

भदौ २०,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । १४ दिनसम्म सिंगापुरमा उपचार गराएका प्रधानमन्त्री ओलीले विमानस्थलमा समसामयिक राजनीति र आफ्नो स्वास्थ्यबारे कुनै प्रतिक्रिया दिएनन्।यसअघि उनको सचिवालयले प्रधानमन्त्री फर्कँदाको रिपोर्टिङ गर्न पत्रकारहरूलाई विमानस्थल बोलाएको थियो। प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् । ओली ५ भदौमा सिंगापुर गएका थिए ।