सुनको भाउ घट्यो, प्रति तोला ७२ हजार रुपैयाँमा कारोबार

250

भदौ २०,
काठमाडौं । सुनको भाउ शुक्रबार पनि घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोलामा १४ सय रुपैयाँ घटेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । आज शुक्रबार छापावाल सुनको मूल्य ७२ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि बिहीबारको तुलनामा प्रतितोला १४ सय रुपैयाँले नै घटेर शुक्रबार ७१ हजार ७०० रुपैयाँमा आइपुगेको छ । चाँदीको मूल्य पनि प्रतितोला ९०० रुपैयाँ कायम भएको छ । निरन्तर भाउ बढेपछि सर्वसाधारणले सुनका गहना खरिद गर्न कठिन हुने अवस्था आइसकेको छ । थोरै भाउ सस्तो हुँदा पनि आम उपभोक्ताले राहत पाउने छन् ।