Tuesday, September 29, 2026
Home समाचार त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

129
सांकेतिक तस्विर

भदौ २०,
काठमाडौं । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा काठमाडौंमा १ जनाको मृत्यु भएको छ । त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको सेनाको बा १ ग ३४५६ नम्बरको ट्रकले बा ६८ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । सेनाको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइक चालकको काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार मृत्यु हुनेमा अर्घाखाँची स्थायी घर भएका ३५ वर्षीय लेख मगर छन् ।

त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको ट्रकले सोही दिशातर्फ गइरहेको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको हो । प्रहरीका अनुसार सुन्धारास्थित खानेपानी संस्थानको कार्यालय नजिकै उक्त दुर्घटना भएको हो । मोटरसाइकललाई ठक्कर दिने सेनाको ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बोगटीले जानकारी दिए ।