ओली स्वदेश फर्किंदा रविन्द्र मिश्र विमानमै जाममा परेपछि‍ भने ओली जाम

247

भदौ २०,
काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले नेपाल भ्रमण वर्ष शुरू गर्नुअगावै भीभीआईपी उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने क्रममा आफ्नो यात्रा प्रभावित भएपछि मिश्रले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘विराटनगर जान प्लेनमा बसेको १ घण्टा भयो, प्रधानमन्त्री ओलीको विमान अवतरण गर्न अर्को आधा घण्टा लाग्छ रे, हाम्रो मात्र होइन सिङ्गो विमानस्थलको हाल यही छ,’ मिश्रले फेसबूकमा लेखेका छन्, ‘नेपाल भ्रमण वर्ष शुरू गर्नु अगावै भीभीआईपी उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न विशेष अनुरोध छ ।’

ओली जाम: जो जससँग सम्बन्धित छ।बिराटनगर जान प्लेनमा बसेको १ घण्टा भयो। प्रधानमन्त्री ओलीको विमान अवतरण गर्न अर्को आधा…

Publiée par Rabindra Mishra sur Jeudi 5 septembre 2019