Saturday, August 1, 2026
Home Blog Page 1325
भदौ २६, काठमाडौं । सञ्चार मन्त्री गोकुल बास्कोटाले डेंगु नियन्त्रण बाहिर नभएको बताएका छन् । बिहीबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्दै मन्त्री बास्कोटाले स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणका लागि संयमतापूर्वक काम गरिरहेको भन्दै डेंगु नियन्त्रणबाहिर नभएको बताएका हुन् । ‘गएको बैशाखदेखि डेंगु देखियो, यसमा नियन्त्रणको प्रयासहरु नागरिक स्तर, स्वास्थ्य मन्त्रालय र यस क्षेत्रमा कामगर्ने निकायबाट पनि हुँदै आएको हो,’ मन्त्री बास्कोटाले भने,...
भदौ २६, काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट भोलीबाट चलनचल्तीमा ल्याउने भएको छ । रुपैयाँ २० दरको सिरिज वि।सं। २०७२ संकेत नं। ञर४१०००००१ देखि ञर४१ ९९९९९९ सम्म र रुपैयाँ ५० दरको सिरिज २०७२ संकेत नं। जर८६ ०००००१ देखि जर८८ ९९९९९९ सम्मको नोट भदौ २६ बाट चलनचल्तीमा आउने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले...
भदौ २६, काठमाडौं । दसैँका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।यस पटकको दसैँमा नयाँ यातायात भने थपिएको छैन। दसैँ तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले...
भदौ २६, रौतहट । रौतहटको राजपुर नगरपालिका ८ कुडिया बजारमा २९ राउण्ड हावाइ फायर र ३० राउण्ड टियर ग्याससहित ५८ राउण्ड गोली चलेको छ। बुधबार मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाले हिन्दुहरूले मनाउने पर्व छठको स्थानमा क्षति पुर्‍याएपछि भएको बिवादले आज पनि सो क्षेत्र तनाब ग्रस्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नबिन कार्कीले जानकारी दिएका छन्।...
भदौ २६, काठमाडौं । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो । अब नेपालबाट नयाँ कामदार कामदार मलेसिया जान पाउनेछन् । कामदारहरु अब ‘शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने...
भदौ २६, काठमाडौं । सत्तारुढ दल नेकपाकी प्रभावशाली नेत्री पम्फा भुसालले नाटो स्तरको इण्डो प्यासेफिकको नाममा अमेरिकी सैनिक र सशस्त्र प्रहरीबीच हुन लागेको संयुक्त अभ्यास रोक्न सरकारसँग माग गरेकी छन् । उनले नेपाल एक चीन नीतिको पक्षमा भएको र चर्चामा रहेको इन्डा प्यासेफिक संयन्त्रबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग स्पष्टीकरण मागेकोबारे सरकारसँग...
भदौ २६, काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले डेंगु नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । देश डेंगुले आक्रान्त भइसक्दा पनि सरकार मुकदर्शक बनेको भन्दै उनले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका हुन् । ‘स्वास्थ्यको जिम्मा लिएर बसेका मन्त्री कहाँ हुनुहुन्छ ? अब त प्रधानमन्त्रीज्यू पनि आइसक्नुभयो । यो बेलामा चुप लागेर बसेर हुँदैन’...
एजेन्सी, भदौ २६, काठमाडौं । इराकको राजधानी बगदादबाट उत्तरमा रहेको सलाहेद्दीन क्षेत्रमा अमेरिकी विमानले आइएस विरूद्ध भारि बम वर्षा गरेको छ। इराकी सुरक्षा सैनिक र आइएस विरूद्धको अमेरिकी नेतृत्व गठबन्धले सैन्य अपरेशनमा कति व्यक्तीको निधन भयो भन्ने सार्वजनिक गरिएको छैन।अन्तराष्ट्रिय संचार माध्यम अनुसार अमेरिकी आधुनिक एफ ३५ र एफ १५ लडाकु विमानको मद्दतले हमला गरेको जनाइएको...
भदौ २६, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माणकार्य शुरु नगरे अनुदान नदिइने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, भक्तपुरले आज यहाँ आयोजना गरेको निजी आवास पुनःनिर्माण कार्यक्रम सम्बन्धी गोष्ठीमा उनले कात्तिक मसान्तभित्र घरको जग पनि नहाल्ने लाभग्राहीले अनुदानको रकम...
भदौ २६, काठमाडौं । मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही दिन मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।न्यूनचापीय रेखासँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावका कारण मनसुन सक्रिय भएको...