अमेरिकाले गर्‍यो आइएसमाथी बमको वर्षा

एजेन्सी, भदौ २६,
काठमाडौं । इराकको राजधानी बगदादबाट उत्तरमा रहेको सलाहेद्दीन क्षेत्रमा अमेरिकी विमानले आइएस विरूद्ध भारि बम वर्षा गरेको छ। इराकी सुरक्षा सैनिक र आइएस विरूद्धको अमेरिकी नेतृत्व गठबन्धले सैन्य अपरेशनमा कति व्यक्तीको निधन भयो भन्ने सार्वजनिक गरिएको छैन।

अन्तराष्ट्रिय संचार माध्यम अनुसार अमेरिकी आधुनिक एफ ३५ र एफ १५ लडाकु विमानको मद्दतले हमला गरेको जनाइएको छ। समाचार अनुसार तिगडी नदीमा रहेको एक टापूमा आइएसआइएसको अखडा रहेको अमेरिकाको दावि छ।