Saturday, August 1, 2026
Home Blog Page 1326
भदौ २६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिविशिष्ट ६ जनाका लागि मात्र आन्तरिक उडानतर्फ आफ्नै सवारी साधनबाट जान पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ वर्षे कार्यायोजनामा सम्माननीय ‘वीग सिक्स’ लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने जनाएका थिए ।उक्त निर्णय कार्यान्वयनमा आएको विमानस्थलले बिहीबार एक सूचना...
भदौ २६, काठमाडौँ । विहिवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नागरिकता विधेयक माथिको छलपलमा भाग लिदै नेकपाका सांसद जनार्दन शर्माले नागरिकता विधेयमा सरकारलाई भाषा मिलाउन सुझाव दिए । यो विधेयकमा नेपालीसँग विवाह गरेर आएका महिलालाई कति समयपछि मात्रै नागरिकता दिने भन्नेमा सांसदहरुबीच विवाद छ ।पूर्वगृहमन्त्री समेत रहेका शर्माले वैवाहिक जीवनमा व्यवहारिक संकट नआउने...
भदौ २६, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले बिहीबार बिहान आयोगमा दल दर्ताको निवेदन दिएको हो । परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले दल दर्ताका लागि भर्खरै निर्वाचन आयोगमा प्रस्तुत गरिएको जनाएका छन् ।दल दर्ताका लागि...
एजेन्सी, भदौ २६, काठमाडौं । लामो समयदेखि विवादित भूमि लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच कुटाकुट भएको छ। भारतीय अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाका अनुसार लद्दाखस्थित भारत-चीन सीमामा भारतीय र चिनियाँ सैनिकबीच संघर्ष भएको हो। टाइम्स अफ इन्डियाले आफ्नो स्रोतलाई उल्लेख गर्दै बिहीबार लेखेको समाचारअनुसार बुधबार पूर्वी लद्दाखमा भारत र चीनका सैनिक भिडेका हुन्। दुई देशका सेनाबीच धेरै बेरसम्म धक्का-मुक्का चलिरहेको...
भदौ २६, काठमाडौं । नाच फिरिरिको सफलतापछि गायक महेश काफ्लेले ‘माया बिरानी’ बोलको गीत ल्याएका छन् । महेशकै शब्द तथा संगीत रहेको गीतमा गायिका मेलिना राईले साथ दिएकी छिन् ।अशिम शाहको निर्देशनमा तयार भएको भिडियोमा मोडलद्वया नाजिर हुसेन र आँचल शर्मा फिचरिङ छन् । नाजिर र आँचलसँगै भिडियोमा गायक महेश काफ्लेलाई पनि देख्न सकिन्छ । हरी हुँमागाईं र उत्तम हुँमागाईंको...
बीबीसी, भदौ २६, काठमाडौं । खगोलविद्‌हरूले पृथ्वीबाट धेरै पर अवस्थित एउटा तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य पहिलो पटक फेला पारेका छन्। उक्त ग्रह आफ्नो माउ ताराको बस्नयोग्य क्षेत्रभित्र परिक्रमा गर्छ। यो अन्वेषणले K2-18b नामक उक्त ग्रह पृथ्वीबाहिर जीवनका लागि उपयुक्त स्थान हुन सक्ने देखाएको छ। दश वर्षभित्र नयाँ अन्तरिक्ष टेलिस्कोपले उक्त ग्रहको वायुमण्डलमा प्राणीहरूले बनाउने ग्यास...
भदौ २६, काठमाडौं। गण्डकी प्रदेशमा एक महिनामा १६ हजार वाह्य पर्यटकले भ्रमण गरेका छन्। कास्की जिल्ला स्थित पोखरा नागरिक उड्डयन प्राधिकरण, तनहुँ आबुखैरेनी र स्याङ्जा गल्याङ प्रहरी चौकीले तयार पारेको तथ्यांक अनुसर अगस्ट महीनामा आगमन गरेकाः वाह्य पर्यटकको संख्या १६ हजार एक सय ६२ रहेको छ। अगस्टमा भारत र तेस्रो मुलुकबाट पर्यटक आएको तथ्याङ्कले देखाएको छ।अगस्टमा कुल पाँच हजार पाँच...
एजेन्सी, भदौ २६, काठमाडौं । अमेरिकाले डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । एसिया, प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा पछिल्ला केही महिनायता डेंगुको संक्रमण बढेकाे छ । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको हो...
भदौ २६, बुटवल । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो ।प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहका अनुसार गाडीलाई साइड लगाएर आगजनी गरेको भेटिएको हो । डिएसपी...
भदौ २६, काठमाडौं । प्रतिबन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् । अत्यावश्यक सेवा अवरुद्ध हुने गरी चितवन मेडिकल कलेजमा धर्ना दिएको आरोपमा बुधबार विहान प्रकाशन पक्राउ परेका थिए ।चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । अत्यावश्यक सेवामा अवरोध पुग्ने गरी मेडिकल कलेज क्षेत्रमा...