Wednesday, October 28, 2026
Home अर्थ दसैँको अग्रिम बस टिकट असोज ५ गतेदेखि खुल्ने

दसैँको अग्रिम बस टिकट असोज ५ गतेदेखि खुल्ने

270

भदौ २६,
काठमाडौं । दसैँका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।

यस पटकको दसैँमा नयाँ यातायात भने थपिएको छैन। दसैँ तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ।