Sunday, August 2, 2026
Home Blog Page 1320
भदौ २९, ललितपुर । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्जमा दुर्व्यवहार र हातपात प्रयास गरेका शाहीले त्यहीबारेमा जानकारी दिने बताउँदै पत्रकार बोलाएका थिए। शाहीले पत्रकार बोलाएको भनिएको कार्यक्रमस्थलमा कयौँ युट्युबरको ठूलो भिड लागेको थियो। कार्यक्रमस्थलमा युटुबरसँगै सर्वसारधण पनि...
भदौं २९, काठमाडौं । प्रेमी संजोग कोइरालासँग बिहे गरेपछि नायिका बर्षा राउत निकै खुसी छिन् । बिहेपछि पनि बर्षा म्युजिक भिडियो मोडलिङमा निकै व्यस्त छिन् । यिनै विवाहित बर्षाको हरियो सारीमा तस्बिर हेर्नुस्:फोटोग्राफीः कुशल घतानी राई साभारः रमाइलोछ डटकमबाट
भदौं २९, काठमाडौं । 'चपली हाईट २’ बाट डेब्यु गरेकी नायिका पारमिता आर एल राणा तेलुगु फिल्ममा काम गर्ने भएकी छिन् । उनी साउथ सुपरस्टार गोपीचन्दसँग स्क्रिन सेयर गर्दै छिन् । पारमिताले तेलुगु फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित भएको फेसबुक मार्फत उल्लेख गरेकी छिन् । उनले साउथ सुपरस्टार गोपीचन्दसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मलाई थाहा छैन कि...
भदौ २९, काठमाडौं । नारायणगढ-बुटवल सडक खण्ड चार लेनको बनाउन ठेकेदारलाई जिम्मा दिएको ६ महिनासम्म पनि सरकारी निकायले सहयोग नगर्दा काम सुरु हुन सकेको छैन। एसियाली विकास बैक (एडीबी)को ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको यो सडक साढे तीन बर्षमा सक्ने लक्ष्य राखिएपनि ६ महिना गुज्रिसकेको छ।तर अहिलेसम्म रुख कटान र विजुलीको पोल हटाउने निर्णय समेत भएको छैन।रुख कटाउनको...
भदौ २९, काठमाडौं । गत बिहीबारबाटै कार्यान्वयनमा आएको राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) को औपचारिक उद्घाटन आइतबार गरिएको छ। राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपाल र लण्डनका मेयर पिटर एलष्टिनले संयुक्त रुपमा प्रणालीको उद्घाटन गरेका हुन्। आरटिजिएस राष्ट्र बैंकको १३ बर्षदेखिको योजना हो। आरटिजिएसका कारण चेक नकाटी सिधै भुक्तानी गर्न सिकन्छ। आरटिजिएसमा २८ वटै बाणिज्य बैंकहरु आबद्ध भइसकेका...
भदौ २९, बीबीसी । साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ। ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ। यो साउदी अधिराज्यले कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा हो। यमनस्थित हूथी विद्रोहीका एक प्रवक्ताले आक्रमणका लागि आफूहरूले १०...
भदौ २९, कास्की– आश्विन कृष्णपक्ष (पितृपक्ष)का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ । प्रत्येक वर्ष पितृपक्षका अवसरमा मुस्ताङको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृको उद्धार हुने विश्वासका कारण देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका हुन् । मुक्तिनाथ जाने प्रमुख नाका पोखरा भएकाले यहाँबाट पर्वत, म्याग्दी हुँदै स्थलमार्गबाट एक...
भदौं २९, काठमाडौं । शनिबार राती एकाएक एउटा भिडियो सार्वजनिक भयो । भिडियोमा जहाजको सीटमा बसेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि केही युवाहरुले आक्रोस व्यक्त गरिरहेको देखिन्छ । यो नेपालगञ्ज एयरपोर्टबाट उड्न ठिक परेको बुद्ध एयरको विमानभित्रको दृष्य हो । मन्त्री भट्टराईका कारण १ घण्टा जहाजमा कुर्नुपरेको भन्दै युवाहरुले हंगामा मच्याएका थिए । मन्त्री भट्टराई काठमाडौं आइसकेपछि...
भदौं २९, काठमाडौंं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि असोज १ गते ठेक्का सम्झौता हुनेभएको छ । सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या समाधान भएसँगै ठेक्का सम्झौता हुने तय भएको हो । थानकोट–नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले सुरुङमार्गसँग सम्बन्धित सबै छलफल टुङ्गिसकेको जानकारी दिँदै निर्माणका लागि जापानी कम्पनी हाज्मा–आन्दो (जेभी) सँग सम्झौता हुने बताउनुभयो । बैङ्क ग्यारेन्टीसहितको प्रक्रिया...
भदौ २९, आजकाल मानिसहरुलाई मोबाइल र स्मार्टफोनको लत लागिसकेको छ । मानिसहरु सधैं आफ्नो मोबाइलमा व्यस्त देखिन्छन् । कर्नाटकको एक कलेजका प्रधानाध्यापक विद्यार्थीको यस्तो बानी देखेर यति रिसाए कि उनले कक्षाकोठामा नै विद्यार्थीको फोन जफत गरेर हथौडाले चक्नाचुर पारिदिएका छन् । भारतीय संचार माध्यमका अनुसार वास्तवमा कर्नाटकको एमईएस चेतन्य पीयू कलेजका प्रधानाध्यापकलाई कक्षाकोठामा लेक्चरका बेला पनि मोबाइल प्रयोग गरेको चित्त...