विश्वभरि इन्धनको मूल्य बढ्न सक्ने चिन्ता

102

भदौ २९,
बीबीसी । साउदी अरबले सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ।
ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ।
यो साउदी अधिराज्यले कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा हो। यमनस्थित हूथी विद्रोहीका एक प्रवक्ताले आक्रमणका लागि आफूहरूले १० वटा ड्रोन परिचालन गरेको बताएका छन्। इरानमाथि आक्रमणको आरोप लगाउँदै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ती ड्रोन यमनबाट आएको भन्ने कुराको कुनै प्रमाण नभएको बताएका छन्। पश्चिमा मुलुकहरूको समर्थन रहेको यमन सरकारलाई सघाउने गठबन्धनको नेतृत्व साउदी अरबले गर्छ भने इरानले हूथी विद्रोहीलाई समर्थन गर्दै आएको छ। साउदी प्रेस एजेन्सीले छापेको राजकुमार अब्दुल अजिज बिन सलमानको वक्तव्यमा उनले ड्रोन आक्रमणका कारण अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएकोू बताएका छन्। अरामको भण्डार केन्द्रका प्रमुख कार्यकारी अधिकृतले दुवै प्रशोधन केन्द्रमा स्थिति नियन्त्रणभित्र रहेको बताउँदै आक्रमणबाट कोही हताहत नभएको बताएका छन्। एउटा ट्वीटमा अमेरिकी विदेशमन्त्री पोम्पेओले आक्रमणलाई विश्वको ऊर्जा आपूर्तिमाथिको अभूतपूर्व आक्रमण को सङ्ज्ञा दिएका छन्।