नेपाली नायिका पारमिता ‘तेलुगु फिल्म’ खेल्दै

391

भदौं २९,
काठमाडौं । ‘चपली हाईट २’ बाट डेब्यु गरेकी नायिका पारमिता आर एल राणा तेलुगु फिल्ममा काम गर्ने भएकी छिन् । उनी साउथ सुपरस्टार गोपीचन्दसँग स्क्रिन सेयर गर्दै छिन् । पारमिताले तेलुगु फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित भएको फेसबुक मार्फत उल्लेख गरेकी छिन् । उनले साउथ सुपरस्टार गोपीचन्दसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मलाई थाहा छैन कि म के लेखुँ । किनकी, म साच्चै नै बोल्न नसक्ने भएकी छु ।’ पारमिता र गोपीचन्दको मुख्य भुमिका रहने फिल्मको शुभ मुहुर्त गरेपनि फिल्मको नाम जुराइएको छैन । पारमिताले रोज, चंगा चेट लगायत फिल्ममा काम गरेकी छिन् ।