भदौ २८,
कपिलवस्तु । जिल्लाको वाणगंगा नगरपालिकाको कोपवामा गएराति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु जितपुरबाट कोपवातर्फ गएको लु३त ७२७२ नम्बरको ट्याक्टर कोपवा सडकखण्डमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक वाणगंगा नगरपालिका–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार...
भदौं २९,
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवानदेखि अधिकृतसम्मका १८ सय जना गत आर्थिक वर्ष ०७५/७६ मा कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २ सय ४९ जनालाई नोकरीबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ । नोकरीबाट हटाइएका व्यक्ति भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिँदैनन् । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका...
राजधानी दैनिक
भदौं २९, काठमाडौं । डेंगु परीक्षणका लागि कीट प्रयोग गर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् ।...
कान्तिपुर दैनिक
भदौं २९, काठमाडौँ — काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको धेरै चर्चा भयो । जति चर्चा भए पनि दुवै रेलको अहिलेसम्म विस्तृत सम्भाव्यता अध्ययन ९डीपीआर० हुन सकेको छैन । यसै साता आएका चिनियाँ विदेशमन्त्री वाङसँग काठमाडौं–केरुङ रेलबारे छलफल हुने अपेक्षा गरिएको थियो । तर त्यसबारे छलफल भएरनभएको सार्वजनिक गरिएको छैन । केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भने काठमाडौं–रक्सौल रेलबारे कुरा...
भदौं २९, अन्नपूर्ण पोष्टजनकपुरधाम । बालबालिका असुरक्षित छन्। दिनहुँजसो बलात्कार, अपहरण, हत्या, एसिड प्रहारजस्ता घटना भइरहेका छन्। यसबाट प्रदेश २ का बालबालिका झनै पीडित छन्। आव ०७५/७६ मा प्रदेश २ मा चार सय ४७ वटा बाल हिंसाका घटना भएको प्रहरी तथ्यांक छ। ०७४/७५ मा बाल हिंसाका तीन सय ६४ वटा घटना प्रहरीमा दर्ता भएका थिए।अपहरण गरी हत्यामिथिला नगरपालिका ढल्केबर–६...
नागरिक दैनिक
भदौं २९, काठमाडौं । अनुमानित लागत रकमभन्दा कम कबोलमा ठेक्का हत्याएर सडक आयोजना लथालिंग पार्दै आएको शैलुङ कन्स्ट्रक्सन प्रालि राजनीतिक आडमा कालोसूचीमा पर्नबाट जोगिँदै आएको छ। शैलुङ–अरभाली इन्फ्रापावर जेभीले २०७०र७१ सालमा भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्म साढे १५ किलोमिटर सडक विस्तार र कालोपत्रे गर्ने ठेक्का पाएको थियो। जेभीले दुई वर्षभित्र उक्त काम गर्नेगरी २७ करोड ९० लाख रुपैयाँमा यो...
नेपाल समाचारपत्र
भदौं २९, काठमाडौं। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसद्को राज्य व्यवस्था समितिमा विवाद भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी ज्वाइँले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग गरेपछि पारित गर्ने अन्तिम तयारीमा पुगेको विधेयक पारित हुन सकेन। संघीय संसद्को राज्य व्यवस्था समितिमा जारी छलफलका क्रममा कांग्रेसका सांसदहरूले विदेशी ज्वाइँ र...
भदौं २८,
काठमाडौं । 'सुनिस्चित बाल अधिकार: सम्वृद्ध नेपालको आधार' भन्ने मुल नाराका साथमा यो वर्षको बाल दिवस मनाइदैछ । यहि अबसर पारेर नेपाल मानव धर्म सेवा समितिले भदौ २८ गते विभिन्न कार्यक्रम गदै बाल दिवस मनाएको छ । संस्कार युक्त बालदिवस मनाउने उद्देश्यका साथ नेपाल मानव धर्म सेवा समिति तथा विभिन्न संघसस्थामा आवद्ध बालबालिकाहरुलाई एकै ठाँउमा भेला पारेर...
भदौं २८,
काठमाडौं । जोगिन्दर पानवालाको नामले परिचित हाँस्य व्यांग्य कलाकार शिवशंकर रिजालल मंगलबार आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन् । बरहथवा नगरपालिकास्थित सरस्वती उमाविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन् । ’महिनावारी हुँदा अधिकांश छात्रा विद्यालय नआउने गरेको थाहा...
भदौं २८,
पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् । स्थानीय शङ्कर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बेपत्ता भएकी हुन् । भदौ १२ गते...










