Sunday, August 2, 2026
Home Blog Page 1319
भदौं ३०, लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्धारा अभिब्यक्ति श्रृंखला भाग–१२ सम्पन्न भएको छ । १४ सेप्टेम्बरमा नर्थलण्डनको हाइवेकममा सम्पन्न उक्त कार्यक्रममा यस पटक गीतकार तथा कवि जानु काम्बाङलाई मञ्च प्रदान गरिएको थियो । अध्यक्ष श्रीमती दिपा लिम्बू राई र विशेष अतिथि डा. रूपक श्रेष्ठले अभिब्यक्ति श्रृंखला भाग–१२ का स्रष्टा जानु काम्बाङलाई दोसल्ला र ताम्रपत्रद्धारा सम्मान गरेका थिए...
कान्तिपुर दैनिक भदौं ३०, काठमाडौँ — सरकारले अव्यवस्थित बसोबासीका नाममा घरजग्गा भएकालाई नै जग्गा वितरण गर्ने तयारी गरेको छ । भूमिसम्बन्धी ९आठौं संशोधन० विधेयक राष्ट्रिय सभाबाट जस्ताको तस्तै पारित भए अन्यत्र घरजग्गा भएका तर राजमार्ग छेउछाउ होटल, पेट्रोल पम्प, उद्योग र निजी विद्यालय सञ्चालन गर्दै आएका करिब २ लाख ५० हजार घरपरिवारले जग्गा पाउनेछन् । राष्ट्रिय सभाको विद्यायन समितिले चर्को विरोधका बीच...
राजधानी दैनिकभदौं ३०, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ४० बढीको अकुत सम्पत्तिमाथिको छानबिन गुपचुपमा राखेको छ । अख्तियारले अकुत सम्पत्ति छानबिनलाई अघि बढाए पनि उच्च ओहोदा र राजनीतिक पहुँच भएकाहरू भने सहजै उम्कन सक्ने देखिएको छ । अख्तियारले अकुत सम्पत्तिमा खरिदार र सुब्बा तहका कर्मचारीलाई मात्रै केन्द्रित गरेपछि उच्चपदस्थहरू उम्कने अवस्था देखिएको हो । अकुत सम्पत्ति...
कान्तिपुर दैनिक भदौं ३०,  काठमाडौँ — प्रदेश सरकार गठन भएको डेढ वर्ष भयो । प्रदेशले आवश्यकताभन्दा आधा मात्रै कानुन बनाएका छन् । संघीय सरकारले कानुन निर्माणमा गरेको ढिलासुस्तीको असर प्रदेश सरकारलाई परेको छ । संघीय कानुन निर्माण नहुँदै कानुन बनाउँदा बाझिने भएकाले प्रदेश सरकारले ढिलासुस्ती गरेका हुन् । प्रदेश १ ले ३५, प्रदेश २ ले १७, प्रदेश ३ ले ४५, गण्डकी प्रदेशले २९, प्रदेश...
अन्नपूर्णपोष्ट दैनिकभदौं ३०, धनगढी । सुदूरपश्चिमका ९ जिल्लामा तीन अर्ब रुपैयाँ लागतका पुल अलपत्र छन्। ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ। सम्झौताअनुसार समयमा काम नसक्ने अनि म्याद थप्ने प्रवृत्ति बढिरहँदा विकट क्षेत्रका बस्ती विकास निर्माणमा पछि धकेलिएको छ। अधिकांश पुल निर्माणमा ठेकेदारसँग दुई पटकभन्दा बढी म्याद थपिएको छ। मोहना नदीमा निर्माणाधीन राजघाट पुलका...
नागरिक दैनिक भदौं ३०, काठमाडौं । मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारीसाधन (गाडी) उपलब्ध गराउन कुनै कानुनी व्यवस्था छैन। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकारलाई पहुँच र प्रभावका भरमा चालकसहित सरकारी सवारीसाधन उपलब्ध गराइएको छ। स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मले रजाइँ गरिरहेका छन्। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको...
नेपाल समाचारपत्र भदौं ३०, काठमाडौं । शिक्षा मन्त्रालयका सिनियर सहसचिवलाई कामविहीन बनाउँदै उपसचिवलाई जिम्मेवारी तोकिएको छ। शिक्षा मन्त्रालयले सहसचिव प्रमुख रहने पाँच स्थानमा उपसचिवलाई जिम्मेवारी दिँदा सहसचिवहरू केबल मन्त्रालयको बरन्डा घुमेर फर्किने गरेका छन्। मन्त्रालयमा कामविहीन सहसचिवलाई व्यवस्थापन गर्ने विषयमा मन्त्रीले चासो लिनुभएको छैन। अहिले मन्त्रालयको बरन्डामा हाजिर गर्ने सहसचिवलाई भन्दा विभिन्न निकायमा प्रमुख पदमा काम गर्ने उपसचिवलाई मस्ती छ।मन्त्रालयका...
भदौ २९, बेलायत । प्रवासमा रहेर साहित्य सिर्जना गर्दै आएकी साहित्यकार जानु कम्बाङ्ग लिम्बू बेलायतमा सम्मानित भएकी छिन् । शनिबार साहित्य क्षेत्रको लोकप्रिय कार्यक्रम अभिव्यक्ति शृंखला-१२ को मञ्चमा उनलाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले सममान गरेको हो । संस्थाकी अध्यक्ष दिपा लिम्बु राई सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरुको उपस्थिती रहेको थियो । सो अवसरमा साहित्यकार जानुको विभिन्न रचनाहरु समेत प्रस्तुत गरिएको...
भदौ २९, काठमाडौं । सरकारले गत एक वर्षभित्र काठमाडौं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्याँकमा काठमाडौं उपत्यकाबाट सो परिणाममा सडक बालबालिकाको उद्धार गरी पुनस्र्थापना गरिएको उल्लेख गरिएको हो । सो तथ्याँकमा चालू आर्थिक वर्षबाटै देशका मुख्यमुख्य सहरका पनि सडक बालबालिकाको...
भदौ २९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँके घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आईतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै काँग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन् । बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको...