Thursday, May 7, 2026
Home Blog Page 131
काठमाडौं । आज यस वर्षको बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन हो। आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने चलन रहेको छ । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत...
fille photo
डडेलधुरा । बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । डडेलधुराको अमगरगढी नगरपालिका ७ खस्रेखानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १० ७८ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनालगत्तै उक्त क्षेत्रमा उद्दार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल समेतको टोली परिचालित...
काठमाडौं । हिन्दु धर्ममा बुध’ ग्रहकोलागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव कृष्णको अवतारको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।बुधबार के...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखामौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम पूर्वानुमान यस्तो रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status): देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली...
यो वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनले पाउने भएका छन्। माइक्रो आरएनए पत्ता लगाएवापत उनीहरूलाई नोबेल पुरस्कार समितिले चिकित्सातर्फको पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। उनीहरूको खोजले पृथ्वीमा कसरी जटिल जीवन देखा पर्‍यो र मानव शरीर कसरी विभिन्न कोषहरू मिलेर बनेको छ भन्नेबारे नयाँ तथ्य पत्ता लगाएको बताइन्छ। दुई अमेरिकी वैज्ञानिकले मानव शरीरको प्रत्येक...
काठमाडौं : बाढीपहिरोले क्षति पुर्‍याएको १० दिनपछि संघीय सरकारका मन्त्रीहरू मंगलबार संयुक्तरूपमा प्रभावित क्षेत्रमा गएका छन्। बाढीप्रभावित क्षेत्रको अवलोकन गरी सहयोग र पुनर्निर्माणबारे जानकारी लिन मन्त्रीहरु प्रभावित क्षेत्रतर्फ गएका छन्। गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोलीले काभ्रेको मङ्गलटार, सिन्धुलीको खुर्काेट, सिन्धुपाल्चोकको चौतारा र ललितपुरको गोटीखेल निरिक्षण गर्ने भएको हो। उनीहरूले बाढीपहिरोबाट...
धुलिखेल : गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीति र आग्रह पूर्वाग्राहमा बसेर काम नगर्न आग्रह गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकलाई आज सम्बोधन गर्दै मन्त्री लेखकले पीडा कुनै एक पार्टीको मान्छेलाई मात्रै भएको नभई सबैको एउटै समस्या भएकाले विपद्लाई राजनीतिकरण नगर्न आग्रह गरे। सबै मिलेर काम गर्नुपर्ने अहिलेको अवस्था भएकाले विपद् र पीडामा...
तपाई तलबमा के लिनुहुन्छ? सामान्य जवाफ हो नगद अर्थात रुपैयाँ पैसा। अघिल्लो पुस्ताले सुनका सिक्का, जग्गा जमिन, अन्न, जनावर पनि तलबमा दिइएको हामीले नसुनेका होइनौ तर आजकल पनि तलबमा त्यस्तै वस्तु तपाईलाई कस्तो लाग्ला। मध्य एसियाली मुलुक उज्वेकिस्तानले आफ्ना कर्मचारीलाई कुखुराका चल्ला तलबमा दिएको छ। उज्वेकिस्तानको विद्यालयका शिक्षकलाई तलबमा रुपैयाँ पैसाको साटो कुखुराको चल्ला दिएको हो। पैसाको कमीका कारण...
काठमाडौं : जंगली हात्तीको आक्रमणमा परेर कञ्चनपुरमा एक युवाको मृत्यु भएको छ। गएराति हात्तीको बथानको आक्रमणमा परेर बेलौरी नगरपालिका ६ का २२ वर्षीय युवक उमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हात्तीको आक्रमणमा परेर चौधरीको मृत्यु भएको बताए। चौधरीसहित गाँउकै दौतरी रोशन चौधरी, नविन चौधरी मैनाहमा दशैको शुभकामना आदान प्रदान कार्यक्रमबाट...
काठमाडौं : काठमाडौंका बासिन्दाले सोमबारदेखि पुन: मेलम्चीको पानी उपभोग गर्न पाउने भएका छन्। वर्षायाम शुरु भएसँगै रोकिएको पानी आजदेखि पुनः काठमाडौं ल्याउन लागिएको हो। वर्षा सकिए पनि स्थानीय बासिन्दाको अवरोधका कारण पानी ल्याउन सकिएको थिएन। मेलम्ची सङ्घर्ष समितिसँग गएराति १० बजेसम्म भएको वार्तामा सहमति भएसँगै साँझदेखि पानी काठमाडौं ल्याउन लागेको खानेपानी मन्त्री प्रदीप यादवले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।मेलम्चीको बाढीप्रभावितले...