Sunday, September 20, 2026
Home समाज हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

20
सांकेतिक तस्विर

काठमाडौं : जंगली हात्तीको आक्रमणमा परेर कञ्चनपुरमा एक युवाको मृत्यु भएको छ। गएराति हात्तीको बथानको आक्रमणमा परेर बेलौरी नगरपालिका ६ का २२ वर्षीय युवक उमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हात्तीको आक्रमणमा परेर चौधरीको मृत्यु भएको बताए। चौधरीसहित गाँउकै दौतरी रोशन चौधरी, नविन चौधरी मैनाहमा दशैको शुभकामना आदान प्रदान कार्यक्रमबाट घर फर्किने क्रममा पुष्पलाल स्मृति सामुदायिक वनमा हात्तीको आवाज सुनेपछि भागेका थिए। उमेश चौधरीले से ४ प ८६१८ नम्बरको मोटरसाइकल चालक थिए। ‘हिजो हराएका उमेशको शव आज बिहान जंगलमा फेला परेको जोशीले बताए।