Thursday, May 7, 2026
Home Blog Page 132
नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको...
नेपाली कांग्रेसले सरकारलाई ३४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। विपदका बेला तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने भन्दै कांग्रेसले सरकारलाई सुझाव दिएको हो। सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायतले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाख रुपैयाँ राहत कोषका लागि हस्तान्तरण गर्नुका साथै ३४ बुँदे सुझाव पनि दिएका हुन्।कांग्रेसले असोज १० देखि १२...
असोज आफैमा शारदीय पर्वको छटा हो। दसैं पर्व पर्ने भएकाले पनि शरद ऋतुको पहिलो महिना असोजको महत्त्व बेग्लै छ। घर फर्कने, आफन्तसँग खुसीयालीपूर्वक दसैं मनाउने भएकाले यसलाई पारिवारिक मिलनको द्योतकको रूपमा पनि लिइन्छ। मीठो–मसिना खाने, साथीभाइ, इष्टमित्र भेट भएर सुख–दुःखका कुरा गर्ने, जमघटमा रमाउने र मान्यजनका हातबाट टीका–जमरा लगाएर आशीर्वाद ग्रहण गर्ने भएकाले दसैं पर्वको सामाजिक र सांस्कृतिक महत्त्व...
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले आगामी उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने र जित्ने दावी गरेका छन्। प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लड्न र जित्ने दावी गरे।“म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ। त्यसकारण एक्लै...
हेटौँडा : बाढीपहिरोका कारण क्षतिग्रस्त मकवानपुर हुँदै काठमाडौँ जोड्ने तीनवटै मार्ग सञ्चालनमा आएका छन्। हेटौँडाबाट कुलेखानी हुँदै महालक्ष्मीखोला–चखेल–मातातीर्थ जोड्ने, फाखेल–फर्पिङ जोड्ने र सिस्नेरी–दक्षिणकाली–फर्पिङ जोड्ने सडक आइतबार साँझ सञ्चालनमा आएका हुन्। भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्डको कुलेखानी बाँधनजिकैको खण्ड बाढीले बगाएपछि डाइभर्सन निर्माण गरी हेटौँडालाई काठमाडौँसँग जोड्ने तीनवटै छोटो दूरीको सडकबाट गाडी सञ्चालन गरिएको छ। बाढीपहिरोले पुलसँगको पहुँच मार्ग बगाएर र कतिपय ठाउँमा...
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताएका छन्। नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमन एवं निरीक्षणका क्रममा उहाँले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकाले मन्त्रालयले सोहीअनुसार डिजिटल नेपालका लागि नीति बनाउन छलफल प्रारम्भ गरिसकेको...
काठमाडौँ : सरकारले पछिल्लो विपद्‍बाट प्रभावित पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्‍को आजको बैठकले बाढीपहिरोबाट प्रभावित १४ जिल्लाका ४३ वटा पालिका संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन उक्त घोषणा गरिएको उनले बताए। असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण...
काठमाडौं : मकवानपुरको हेटौँडाबाट आठ किलोभन्दा बढी सुनसहित दुई भारतीय पक्राउ परेका छन्। शनिबार बिहान ३ बजेतिर प्रहरीले हेटौंडा उपमहानगरपालिका- १५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालयका डीएसपी श्याम अर्यालले जानकारी दिए। पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल...
भक्तपुर । श्री युवा बचत तथा ऋण सहकारी संस्थाको २६ औं साधारणसभा सम्पन्न भएको छ । यो सहकारी चाँगुनारायणमा नगरपालिका वडा नं. ६ मा रहेको छ । सो अवसरमा सहकारीका अध्यक्ष प्रकाश बास्तोलाले सहकारीले स्थापनाकालदेखि नै समाजलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजना बनाएर अगाडि बढीरहेको दाबी गरे ।समाज र आफ्ना वचतकर्ताप्रति सधैं वफादार रहेर अघि बढ्दा चाँगुनारायण र...
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट “आतङ्कित” भएको बताएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र सवारीसाधन आगलागी भएको बताएको छ ।अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट-ओ-प्रिन्स कब्जा गरेका...