Tuesday, September 22, 2026
Home अन्तर्राष्ट्रिय कर्मचारीलाई तलबमा कुखुराको चल्ला

कर्मचारीलाई तलबमा कुखुराको चल्ला

43

तपाई तलबमा के लिनुहुन्छ? सामान्य जवाफ हो नगद अर्थात रुपैयाँ पैसा। अघिल्लो पुस्ताले सुनका सिक्का, जग्गा जमिन, अन्न, जनावर पनि तलबमा दिइएको हामीले नसुनेका होइनौ तर आजकल पनि तलबमा त्यस्तै वस्तु तपाईलाई कस्तो लाग्ला। मध्य एसियाली मुलुक उज्वेकिस्तानले आफ्ना कर्मचारीलाई कुखुराका चल्ला तलबमा दिएको छ। उज्वेकिस्तानको विद्यालयका शिक्षकलाई तलबमा रुपैयाँ पैसाको साटो कुखुराको चल्ला दिएको हो। पैसाको कमीका कारण विद्यालयले भर्खर अण्डाबाट निस्किएका चल्ला बाँडेको हो। त्यहाँका शिक्षकले भने यो घटना लाजमर्दो भएको टिप्पणी गरेका छन्। कहिले आलु, गाँजर र फर्सी तलबमा दिएको त्यहाँको प्रशासनले शिक्षकहरुलाई ति चल्ला लिनका लागी दबाब दिएका थियो।