Monday, August 3, 2026
Home Blog Page 1302
रासस काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.४९ बिन्दु अर्थात् करिब एक प्रतिशतले घटेर २४९.७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत ओरालो लागेको छ...
असोज ५, रौतहट। काठमाडौ बाट सामाजिक गितको लागि छायांकन गर्न आएको गाडी दुर्घटना ग्रस्त भएको छ । छायांकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आइतबार बिहान रौतहटको कटहरिया-१ स्थित सडकबाट केही मिटर तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी घुम्तीमा पुगेपछि दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ । गाडिमा रहेका फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका...
असोज ५ काठमाडौं । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नोट दशैंमा प्रयोग गर्दा आयु छोटो भएको भन्दै राष्ट्र बैंकले नयाँ नोट वितरण बन्द गर्ने योजना बनाएको छ । दशैमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिंदा देशलाई नै ठूलो धनराशि क्षति हुने गरेको भन्दै बन्द गर्ने योजना बनाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।...
असोज ५, काठमाडौं । मोरङमा मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति मोरङ सुन्दरहरैंचा नगरपालिका(१ की १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना युवा आइतबार बिहान पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका-५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका-५ का २२ वर्षीय सन्तोषकुमार...
असोज ५, काठमाडौं । गायिका मिलन नेवार (आमात्य) को ‘मुट भित्रै देउन मलाई बास’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा संगितकार राजनराज शिवाकोटीको संगित रहेको छ भने शब्द डा. राजुबाबु श्रेष्ठले लेखेका हुन् । गीतमा मिलन आफैले मोडलिङ गरेछिन् । भिडियोलाई मिलन नेवारको आफ्नै युट्युव च्यानलबाट शुक्रबार रिलिज गरीएको हो । भिडियो हेर्नुहोस् :https://www.youtube.com/watch?time_continue=2&v=AcAGNg0Pmb0एल्बम ‘मिलन २’ मा समावेश...
एजेन्सी, असोज ५, काठमाडौं । भारतसँग तनाव नबढाउन केही इस्लामिक देशहरूले दिएको सल्लाह पाकिस्तानले अस्वीकार गरेको छ। ती देशहरुले प्रत्यक्ष नभइ अन्य माध्यममार्फत भारतसँग वार्ता गर्न सुझाएका थिए। पाकिस्तानी पत्रिका एक्सप्रेसका अनुसार, केही दिनअघि साउदीका उपविदेशमन्त्री र युएईका उपविदेशमन्त्री आ–आफ्नो देशको सन्देश बोकेर इस्लामावाद पुगेका थिए। उनीहरूले कश्मीरमाथिको प्रतिबन्ध फुकाउन भारतलाई मनाउने प्रतिबद्धता जनाए पनि पाकिस्तानले ‘कश्मीरको विशेष...
असोज ५, काठमाडौं । सरकारले कम भीडभाड हुने समयमा थप जहाज आउने वातावरण बनाउन सहुलियत प्याकेज ल्याउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैज्ञानिक स्लट व्यवस्थापन गर्ने र खाली भएको समयलाई अधिकतम उपयोग गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् । साँझ ५ बजेदेखि ८ बजेसम्म विमानस्थलमा जहाजको चाप कम हुन्छ । राति ८ बजेदेखि ११ बजेसम्म...
असोज ५, काठमाडौँ । चाबहिलस्थित ओम अस्पतालमा पत्थरीको अपरेशन गराउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको रहेकी छिन् । केही समय पहिला मात्र ओम अस्पतालमै पत्थरीको अपरेशनको क्रममा आन्द्रा काटिदा सिन्धुपाल्चोक घर भएकी एक महिलाको मृत्यू भएको थियो ।शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न अपरेशन गरेका थिए...
असोज ५, काठमाडौं । तपाईं खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ?  आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ रु होस् गर्नुहोला। कतै मुसाको टोकाइबाट अकालमा तपाईँको मृत्यु पनि हुनसक्छ। पछिल्लो समय मुख्यरूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ। कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा...
बीबीसी, असोज ५, काठमाडौं । प्रेमिकालाई पानीमुनि विवाहको प्रस्ताव राखेका एक अमेरिकी नागरिकको तान्जानियामा डुबेर मृत्यु भएको छ।प्रेमी स्टेभन वेबर र प्रमिका केनेशा आन्टवान बिदा मनाउन पेम्बा टापुनजिकैको मान्टा रिसोर्टको पानीमुनि रहेको कोठामा बसेका थिए।  भिडिओमा वेबर प्रेमिकालाई विवाहको प्रस्ताव राख्न कोठाबाहिर पानीमा पौडेको देखिन्छ। प्रेमिकाले कोठा भित्रबाट खिचेको भिडिओमा वेबरले झ्यालको सिसामा हस्तलिखित विवाह प्रस्ताव देखाएका छन्। आन्टवानले फेसबुकमा...