Monday, August 3, 2026
Home Blog Page 1301
असोज ६, सप्तरी । राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ । भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकी एक्कासि गोली प्रहार गरेको मण्डलले बताए ।मण्डल राजविराजबाट स ११ प १३६६ नम्बरको मोटरसाइकलबाट बह्मपुरस्थित घर गइरहेका थिए ।...
कान्तिपुर दैनिक असोज ६, काठमाडौँ — लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ ।अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो । प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात...
असोज ६, काठमाडौं । फिल्म पासवर्डको प्रिमियरका लागि हालै अभिनेत्री सन्नी लियोनी नेपाल आइन्। उक्त नेपाली फिल्ममा उनको आइटम डान्स समावेश थियो। त्यसैले फिल्म निर्माण टिमसँगै फिल्म हेर्न उनी प्रिमियरमा उपस्थित भइन्। तर, नेपाली गायिका ज्योति मगरलाई सन्नी प्रति देखाएको पाउना सत्कारले बढो मन पोलेछ। सन्नीको स्वागतमा रेड कार्पेट बिच्छाइएको थियो। उनको स्वागतमा लाखे नृत्य समेत...
राजधानी दैनिक असोज ६, काठमाडौं। दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ । दसंै मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो । दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण बिहान ३ बजेदेखि नै लाइनमा बसेका थिए । दसैंमा घर जान बसको टिकट नपाउने हो कि...
राजधानी दैनिक असोज ६, काठमाडौं। सत्तारुढ नेकपाले मुलुकको विकासका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा लागू गर्ने तयारी थालेको छ । नेकपाले चीनमा चामत्कारिक विकास गर्न सफल सीको विचाराधाराबारे पार्टीमा प्रशिक्षण दिँदै सीको विकास मोडल लागू गर्ने गृहकार्य अघि बढाएको हो । नेकपाले अवलम्बन गरेको जनताको जनवाद (जज) र जिनपिङको विचारधाराबारे केन्द्रित भई आज (सोमबार(देखि प्रशिक्षण सुरु हुन लागेको...
नेपाल समाचारपत्र दैनिक असोज ६, काठमाडौं। उपनिर्वाचनको प्रयोजनका लागि २२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो निवेदन दिएका हुन्। प्रतिनिधिसभा एक, प्रदेशसभा तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र ३६ जिल्लाका ४१ वडाध्यक्षका लागि हुने निर्वाचनमा सहभागी हुने प्रयोजनले दल दर्ता हुनलागेको हो। भदौ १६ गतेदेखि...
नेपाल समाचारपत्र असोज ६, काठमाडौं। नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ। एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप जडान गरिएको छ। अब उपत्यकाभित्र जडान भएका सिसी क्यामेराको संख्या १६ सय पुगेको छ।प्रहरीले जनशक्तिसँगै उपत्यकाभित्र हुने गतिविधिको निगरानी गर्न सिसी क्यामेराको संख्या थप गरेको हो। समुदाय–साझेदारी कार्यक्रम अघि...
असोज ५, भक्तपुर । युवा बचत तथा ऋण सहकारी संस्था लि. को २१औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी अभियानले आम मानिसको जीवनस्तर रुपान्तरण गरेको उल्लेख गर्दै सरकारको सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानको एउटा शसक्त क्षेत्र सहकारी भएकाले जनताको सन्तुष्टीका लागि सहकारीले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।...
असोज ५, भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा आयोजित ‘चौथो मिस्टर भक्तपुर २०७६’ र पहिलो महिला एथ्लेटिक्स फिजिक्सको उपाधि जयराम त्वायना र सनम मुलगुठीले जितेका छन् । ७० प्लस किलो तौल समुहबाट प्रतिस्पर्धा गरेका त्वायनाले ४३ जना प्रतियोगीहरुलाई उछिन्नेर मिस्टर भक्तपुरको उपाधि हात पारेका हुन् भने मुलगुठीले आठ जना महिलाहरुलाई पछाडि पारिन् । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले...
असोज ५, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले भ्रष्टाचार र महंगीविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । महामन्त्री भुपेन्द्रजंग शाहीको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलादेखि प्रदर्शन शुरू भएको हो । नेपाली कांग्रेसले शुरू गरेको जागरण अभियान अन्तर्गत भ्रष्टाचार र महंगीको विरोधमा कम्युनिस्ट सरकारलाई खवरादी गर्न कार्यक्रम आयोजना गरिएको शाहीले बताए । सहभागीहरूले सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए ।