फेरी ओम अस्पतालमा पथ्थरीको अपरेशन गर्दा महिलाको मृत्यु

111
Om Hospital & Research Centre, Kathmandu

असोज ५,
काठमाडौँ । चाबहिलस्थित ओम अस्पतालमा पत्थरीको अपरेशन गराउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको रहेकी छिन् । केही समय पहिला मात्र ओम अस्पतालमै पत्थरीको अपरेशनको क्रममा आन्द्रा काटिदा सिन्धुपाल्चोक घर भएकी एक महिलाको मृत्यू भएको थियो ।

शुक्रवार दिउँसो हिँडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न अपरेशन गरेका थिए । अपरेशन पछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा बित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तहरुले बताए ।

यता अस्पताल प्रशासनले भने गुरुङको मृत्युको कारण अपरेशन नभइ हृदयघात (हर्ट अट्याक) का कारण भएको दाबी गरेको छ । मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।