Saturday, October 17, 2026
Home अर्थ अव दशैंमा नयाँ नोट वितरण नगर्ने योजनामा राष्ट्र बैंक

अव दशैंमा नयाँ नोट वितरण नगर्ने योजनामा राष्ट्र बैंक

226

असोज ५
काठमाडौं । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नोट दशैंमा प्रयोग गर्दा आयु छोटो भएको भन्दै राष्ट्र बैंकले नयाँ नोट वितरण बन्द गर्ने योजना बनाएको छ । दशैमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिंदा देशलाई नै ठूलो धनराशि क्षति हुने गरेको भन्दै बन्द गर्ने योजना बनाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । वर्षमा ३ अर्बमाथि नोट छपाईमैं खर्च हुने गरेको प्रवक्ता निरौलाले जानकारी दिए ।

‘दशैंमा अविर लगाउने, भिजाउने जस्ता कामले नोट विग्रने गरेका छन्, हामी चाहान्छौं मुलुकलाई ठूलो नोक्शानी नहोस्’ मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक समेत रहेका निरौलाले भने, ‘यसलाई रोक्नु पर्छ भन्ने हाम्रो योजना हो ।’हिन्दु धर्मका यस्ता चाडपर्वमा नोटको नास हुने गरेको भन्दै राष्ट्र बैंकले नेपाल पञ्चाङ्ग निर्णायक समितिका अधिकारीहरूसँग छलफल समेत गरेको छ ।