Sunday, October 18, 2026
Home अपराध मदिरा पिलाएर किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

मदिरा पिलाएर किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

94

असोज ५,
काठमाडौं । मोरङमा मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति मोरङ सुन्दरहरैंचा नगरपालिका(१ की १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना युवा आइतबार बिहान पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका-५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका-५ का २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाशकुमार थारू रहेका छन्।

मोरङका प्रहरी उपरीक्षक विश्व पोखरेलका अनुसार अनुसार शनिबार राति पक्राउ परेकामध्ये एक जनालाई ती किशोरीलाई बोलाएर मदिरा सेवन गराई लठ्याएका थिए। किशोरी लठ्ठिएपछि उनले अरू तीन जना साथीलाई बोलाएर केराघारीमा पुर्‍याए र त्यहाँ पनि मदिरा सेवन गराए।

‘मदिरा सेवन गरेपछि किशोरी अचेतझैं भएपछि उनीहरूले सामूहिक रूपमा करणी गरेको खुल्नमा आएको छ,’ हो । राति नै पीडकमध्येका एक युवककी श्रीमती श्रीमान् खोज्न जाने क्रममा केराघारीमा गतिविधि देखेपछि उनैले प्रहरीलाई खबर गरेकी थिइन्। स्वास्थ्य परीक्षण गर्न किशोरीलाई कोसी अञ्चल अप्पताल ल्याइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिएको छ।