Thursday, October 1, 2026
Home मनोरन्जन नायिका केकी अधिकारी सवार गाडी दुर्घटनाग्रस्त

नायिका केकी अधिकारी सवार गाडी दुर्घटनाग्रस्त

2172

असोज ५,
रौतहट। काठमाडौ बाट सामाजिक गितको लागि छायांकन गर्न आएको गाडी दुर्घटना ग्रस्त भएको छ । छायांकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आइतबार बिहान रौतहटको कटहरिया-१ स्थित सडकबाट केही मिटर तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी घुम्तीमा पुगेपछि दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ । गाडिमा रहेका फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी , मोडेल रचना शिवाकोटी , फिल्म छायाकार आलोक सुक्ला,कलाकार बिजय यादव निर्बिज,चालक सुजन पोखरेल सवार थिए । उनिहरु मध्य केहिलाई समान्य चोटपटक लागेको छ । स्वास्थ केन्द्रमा सामान्य उपचार पछि कलाकारहरु आराम गरि रहेका छन् ।