नायिका केकी अधिकारी सवार गाडी दुर्घटनाग्रस्त

2011

असोज ५,
रौतहट। काठमाडौ बाट सामाजिक गितको लागि छायांकन गर्न आएको गाडी दुर्घटना ग्रस्त भएको छ । छायांकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आइतबार बिहान रौतहटको कटहरिया-१ स्थित सडकबाट केही मिटर तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी घुम्तीमा पुगेपछि दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ । गाडिमा रहेका फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी , मोडेल रचना शिवाकोटी , फिल्म छायाकार आलोक सुक्ला,कलाकार बिजय यादव निर्बिज,चालक सुजन पोखरेल सवार थिए । उनिहरु मध्य केहिलाई समान्य चोटपटक लागेको छ । स्वास्थ केन्द्रमा सामान्य उपचार पछि कलाकारहरु आराम गरि रहेका छन् ।