Monday, August 3, 2026
Home Blog Page 1291
एजेन्सी, असोज ९, काठमाडौं । पाकिस्तानमा गत मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण सो भूकम्पमा परी करिब ५ सय व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो ।मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान...
असोज ९, काठमाडौं । केही समयअघि राजधानीको रिङ्गरोडमा बिजुली बस संचालनमा ल्याएको सुन्दर यातायातले अब बिक्रीका लागि पनि बुकिङ खुल्ला गरेको छ।सुन्दर यातायात ट्रेडर्स प्रालिले दसैंतिहारको अवसरमा ७५ प्रतिशत फाइनान्सको सुविधा सहित बिएके ब्रण्डका बिजुली बसको बुकिङ खुल्ला गरेको हो। कम्पनीले १०.५ मिटर, ८.५ मिटर, १२ मिटर र ७.५ मिटर लम्बाइका गरी कुल ४ प्रकारका गाडीको बुकिङ खुल्ला गरेको हो।...
असोज ९, काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा स्याङ्जाबाट एकजना निर्माण व्यवसायी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बिहीबार दिउँसो स्थानीय निर्माण व्यावसायी रामकृष्ण भुसाललाई वालिङबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकूल थापाले स्याङ्जाबाट भुसाल पक्राउ परेको पुष्टि गरेका छन्। कृषि विकास बैंकबाट ह्याक गरेर निकालिएकोमध्ये ६५...
असोज ९, काठमाडौं । काठमाडौंबाट धरान हिँडेकी एक युवतीको साथबाट प्रहरीले ८ किलो १६० ग्राम चरेस बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बिहीबार बिहान ३ बजे चरेससहित पर्सा पटेर्वा सुगौली नगरपालिका १ की २४ वर्षीया गीता राईलाई पक्राउ गरेको हो।मकवानपुर प्रहरीका अनुसार हेटौडा उपमहानगरपालिका १० बसपार्कस्थित सडकखण्डमा काठमाडौंबाट धरान जाँदै गरेको बा४ख ८०६० नम्बरको बसलाई रोकेर चेकजाँच गर्दा...
असोज ९, काठमाडौं । केही हप्ता अगाडि विरगञ्जमा एसिड आक्रामणमा परेर किर्तिपुरमा उपचार गराइरहेकी १४ बर्षिया मुस्कान खातुनलाई बलिउडका दुई कलाकारले भिडियो सन्देश पठाएका छन् । बलिउड नायिका कृती सेननले मुस्कानसँग भिडियो कलमा कुरा गरेकी थिइन् । कृतीले नायक बरुण धवनलाई समेत यो कुराको जानकारी गराएपछि बरुणले भिडियो सन्देश पठाएका छन् । अहिले बरुणले पठाएको भिडियो सन्देशले सामाजिक संजालमा चर्चा...
असोज ९, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको...
असोज ९, काठमाडौं । अस्थिर देखिएको सुनको मूल्य बिहीबार एकै दिनमा एक हजार रुपैयाँले घटेको छ। सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ। बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो। यस्तै, चाँदी...
एजेन्सी, असोज ९, आम्बोन । इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् । निकै शक्तिशाली भए पनि यस भूकम्पका कारण समुद्रमा सुनामी आउने सम्भावना नरहेको इन्डोनेसियाली भूकम्प मापन केन्द्रले जनाएको छ ।स्थानीय समयानुसार बिहान करिब ८:४५ बजे...
असोज ९, पाल्पा । पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुईरतीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । गएराति ११ बजेतिर उनको मृत्य भएको हो ।तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै...
एजेन्सी, असोज ९, मुम्बई । अन्तिम समयमा 'इंन्शाल्लाह'को सुटिङ स्थगित भएपनि आगामी वर्षको ईदमा सलमानले नयाँ सिनेमा ल्याइछाड्ने घोषणा गरेका थिए। सलमानले सिनेमा रिलिजको घोषणा गरेपनि कुन सिनेमा उनले ल्याउनेछन् भन्नेमा रहस्य कायमै रहेको थियो। अब भने सो रहस्यबाट पर्दा उठेको छ। आगामी वर्षको ईदमा सलमानको 'राधे' नामक सिनेमा रिलिज हुने भएको छ। सलमानको सो सिनेमा अक्षय कुमार स्टारर 'लक्ष्मी...