Monday, August 3, 2026
Home Blog Page 1290
नागरिक दैनिक असोज १०, धनगढी । भारतका विभिन्न सहरमा मजदुरी गर्दै आएका सुदूरपश्चिमेली युवा धमाधम घर फर्कन थालेका छन्। महेन्द्रनगरको गड्डाचौकी र धनगढीको त्रिनगर नाकामा अहिले स्वदेश फर्कनेहरूको घुइँचो देखिने गरेको छ। भारतमा वर्षभरि मजदुरी गरेर दसैं मनाउन घर फर्कने नेपालीले सीमामा भने निकै सास्ती खेप्नुपरेको छ। आफूहरूले कडा मिहिनेत गरेर कमाएको र खाईनखाई जोगाएको पैसा बाटोमै लुटिने गरेको नेपाल...
असोज ९, बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रस्ताव कानूनमा गरिएपछि इन्डोनेशियामा बिरोध भएको छ । संसदले यस बारे प्रताव गरेको कानूनको विरोधमा प्रदर्शनकारीहरुले संसदबाहिर समेत प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको बीबीसीले जनाएको छ । प्रस्तावित कानुनमा बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रावधान तथा अन्य विवादास्पद कुरा राखिएपछि इन्डोनेशियामा त्यसको चर्को विरोध भएको...
असोज ९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने बाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको दावी गरेका छन् । तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने वातावरण बनाउन आफूले अमेरिका, भारत, चीन र युरोपका विभिन्न मुलुकसँग पनि लगातार प्रयास गरिरहेको दावी गरे । बिहीबार...
असोज ९, काठमाडौं । निर्वाचन आयोगले २०७६ साल मंसीर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगको असोज ८ गते बसेको बैठकको दलहरुलाई चुनाव चिन्ह दिने निर्णय गरेको हो । आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता...
असोज ९ काठमाडौं । मैसम खराब भएपछि खोटाङमा बिहीबार दिउँसो तीन वटा हेलिकप्टर अवतरण गरिएको छ। संखुवासभाबाट काठमाडौंका लागि उडेको अल्टिच्युटका दुई र सिम्रिक एअरको एक हेलिकप्टर खोटाङ रेग्मीटारमा आकस्मिक अवतरण भएको हो।हेलिकप्टरमा अरूण जलविद्युत आयोजनाको अनुगमनमा गएका विद्युत प्राधिकरणका कर्मचारीहरू रहेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङले मौसम खराब भएकोले रेग्मीटारमा हेलिकप्टर अवतरण भएको जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक...
असोज ९, काठमाडौं स् यही मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ। एसिड आक्रमणमा परेकी काठमाडौं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रिपरिषद्ले  भारतको चण्डीगढमा...
असोज ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ...
असोज ९, काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा यथावत् रहेका हुन् ।कप्तान खड्काले...
असोज ९, काभ्रे । भुम्लु गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार मादन कुडारीबाट काठमाडौतर्फ आउदै गरेको बा २ ख ६३८६ नम्बरको बस दुर्घटना भएको हो ।बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौर भन्ने स्थानमा भएको दुर्घटनामा ११ जना घाइते भएका हुन् एसपी सापकोटाका अनुसार ६...
असोज ९, बुटवल । भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका छन् । दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरी जनाएको छ । रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ मोटरसाईकलमा जाँदै गर्दा त्रिपाठीलाई हेलमेटले टाउकोमा प्रहार गरि रकम लुटेर लगेको प्रमुख जिल्ला...