Monday, August 3, 2026
Home Blog Page 1292
असोज ९, काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राणा र शाह शासकहरू जस्तै अहिलेका नेता पनि बडाहाकिम भएको बताएका छन्। रुपन्देहीमा भइरहेको तिलोत्तमा लगानी सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष दाहाले नेताहरू बडाहाकिम हुन खोजेकैले समस्या भएको पनि उल्लेख गरे। शाहहरू, राणाहरू बडाहाकिम थिए, पञ्चायतमा पनि त्यस्तै देखियो’, उनले भने, ‘तर लोकतान्त्रिक आन्दोलनपछि अवस्था...
असोज ९, लमही । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै...
असोज ९, काठमाडौं । 'चपली हाईट' सिनेमामा गरेको बोल्ड अभिनयका लागि चर्चा बटुलेकी अभिनेत्री बिनिता बराल आमा बन्ने भएकी छन्। सामाजिक संजालमा आफू गर्भवती भएको फोटो फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन्। पोस्टमा उनले 'सानी बिनिता आउँदैछिन्' लेखेकी छन्। यसको अर्थ उनी छोरीको आमा बन्दैछिन्। पहिलो सिनेमापछि खासै व्यस्त हुन नसकेकी बराल केहि वर्षयता अमेरिका बस्दै आएकी...
असोज ९, सप्तरी । सप्तरीबाट लागूऔषधसहित एक प्रहरी कर्मचारी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत कार्यालय सहयोगी अरुण राउत लागूऔषध नाइट्राभेटसहित जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिकाबाट पक्राउ परेका हुन् । तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडि चेकजाँच गर्ने क्रममा उनको साथबाट नाइट्राभेट ७५ थान फेला परेको प्रहरीले जनाएको छ । उनी राजविराज नगरपालिका-६ का बासिन्दा हुन्...
एजेन्सी, असोज ९, काठमाडौं । भारतको मध्यप्रदेशको शिवपुरी जिल्लामा खुल्ला शौच गरिरहेका दुई दलित बालबालिकाको कुटीकुटी हत्या गरेका छन् । घटना जिल्लाको सिरसौद थाना क्षेत्रको भावखेडी गाउँको हो जहाँ बुधबार बिहान वाल्मिकी समाजका दुई बच्चा १२ वर्षकी रोशनी र १० वर्षका अविनाश पंचात भवन अगाडिको सडकमा शौच गरिरहेका थिए । पुलिसका अनुसार हाकिमले दुई बच्चालाई सडकमा शौच गरेर सडक फोहोर...
असोज ९ जनकपुरधाम । जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको समूहलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको हो ।प्रहरीले चलाएको गोली एक जना लुटेराको खुट्टामा लागेको छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।बिहीबार विहान करिब साढे...
असोज ९, न्यूयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूपरिवेष्टित देशलाई अधिक विकास सहायता मात्र नभई लगानी र प्रविधि हस्तान्तरण पनि उत्तिकै आवश्यक भएको बताउनुभएको छ । भूपरिवेष्टित विकासोन्मुख देशको अठारौँ मन्त्रिस्तरीय बैठकलाई आज न्यूयोर्कमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय पद्धति भूपरिवेष्टित देशको सहयोगका लागि महत्वपूर्ण संस्थागत संयन्त्र हो भन्नुभयो ।भूपरिवेष्टित देशका लागि महासचिव एन्टोनियो गुटरेस र अल्प विकसित, भूपरिवेष्टित तथा...
गोरखापत्र दैनिक असोज ९, काठमाडौँ । साविकअनुसार यस वर्षको मनसुनको समय अवधि सकिएको छ । दुई दिनअघि नेपालको मनसुनको समय अवधि सकिएको हो । तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटेरिया’ पूरा हुनुपर्छ, त्यो हुने सम्भावना तत्काल देखिँदैन”,...
कान्तिपुर दैनिक असोज ९, काठमाडौँ — सिस्टम ह्याक गरी एटीएम बुथबाट झन्डै दुई करोड रकम लुटिएको घटनामा प्रहरी परिसर काठमाडौंले ५ चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेलीसँगै दुई नेपालीलाई नियन्त्रणमा लियो । भदौ १५ को यो घटनामा ठमेलको नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ पक्राउ परेका हुन् । यो घटनापछि देशभरका मनी चेन्जर र...
अन्नपूर्ण पोष्ट असोज ९, जनकपुरधाम । नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकत्तालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा अझै सुचारु हुन सकेको छैन। गतवर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन। रेल चल्ने भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सिमित रहयो। रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन्। ‘रेल सेवा...