आज सुनको मूल्य एक हजार रुपैयाँले घट्‍यो

90

असोज ९,
काठमाडौं । अस्थिर देखिएको सुनको मूल्य बिहीबार एकै दिनमा एक हजार रुपैयाँले घटेको छ। सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ। बुधबार तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ७२ हजार रुपैयाँ पुगेको सुनको भाउ बिहीबार घटेको हो। यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँ घटेर तोलाको ८ सय ६५ रुपैयाँमा झरेको छ। बुधबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो र तेजाबी सुन मूल्य प्रतितोला सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने ८ सय ९० मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।