सुन्दर यातायातले बेच्न थाल्यो बिजुली बस, साथमा ७५ प्रतिशत फाइनान्सको सुविधा

149

असोज ९,
काठमाडौं । केही समयअघि राजधानीको रिङ्गरोडमा बिजुली बस संचालनमा ल्याएको सुन्दर यातायातले अब बिक्रीका लागि पनि बुकिङ खुल्ला गरेको छ।सुन्दर यातायात ट्रेडर्स प्रालिले दसैंतिहारको अवसरमा ७५ प्रतिशत फाइनान्सको सुविधा सहित बिएके ब्रण्डका बिजुली बसको बुकिङ खुल्ला गरेको हो। कम्पनीले १०.५ मिटर, ८.५ मिटर, १२ मिटर र ७.५ मिटर लम्बाइका गरी कुल ४ प्रकारका गाडीको बुकिङ खुल्ला गरेको हो। १०.५ मिटर बसको १ करोड ६२ लाख, ८.५ मिटर बसको १ करोड ५५ लाख ३५ हजार , १२ मिटर बसको १ करोड ७२ लाख ३५ हजार र ७।५ मिटरको बसको मूल्य १ करोड ३२ लाख ३५ हजार निर्धारण गरिएको छ।

कम्पनीले गाडी खरिद गर्नेलाई प्रत्येकमा ३ देखि ५ लाखसम्म छुटको व्यवस्था समेत गरेको थापाले जानकारी दिए। ७२.८५ देखि २०६.५ किलोवाट पावर व्याट्री क्षमता रहेका यी गाडीले फुल चार्जमा २५० देखि २६८ किलोमिटरसम्म माइलेज दिने कम्पनीले जनाएको छ। कम्पनीले गाडी र गाडीको व्याट्रीमा ५ वर्षको वारेन्टी प्रदान गर्ने थापाले जानकारी दिए। ‘हामीले आफूले प्रयोग गरेपछि मात्र गाडी बजारमा ल्याउन लागेका हौं। हाम्रो परिक्षण सफल भएकोले बुकिङ खोलेका हौ,’ उनले भने। बुकिङ गरेको ९० दिन भित्र ग्राहकलाई गाडी उपलब्ध गराउने थापाको दावी छ। बिजुली बस बिक्री वितरण सुरु गरेपनि नयाँ रुटहरुमा सार्वजनिक सवारीको लागि पनि बस थप्दै जाने कम्पनीले जनाएको छ।