एसिड आक्रमणमा परेकी मुस्कानलाई बलिउड कलाकार कृति र वरुणले पठाए यस्तो सन्देश

345

असोज ९,
काठमाडौं । केही हप्ता अगाडि विरगञ्जमा एसिड आक्रामणमा परेर किर्तिपुरमा उपचार गराइरहेकी १४ बर्षिया मुस्कान खातुनलाई बलिउडका दुई कलाकारले भिडियो सन्देश पठाएका छन् । बलिउड नायिका कृती सेननले मुस्कानसँग भिडियो कलमा कुरा गरेकी थिइन् । कृतीले नायक बरुण धवनलाई समेत यो कुराको जानकारी गराएपछि बरुणले भिडियो सन्देश पठाएका छन् । अहिले बरुणले पठाएको भिडियो सन्देशले सामाजिक संजालमा चर्चा पाइरहेको छ । मुस्कान बरुण र कृतीको फ्यान हुन् ।

बरुणले भनेका छन्–‘मुस्कान, मलाई तिम्रो बारेमा कृतीले जानकारी गराएकी थिइन् । मैले थाहा पाए अनुसार, तिमीलाई अध्ययन गर्न निकै नै मनपर्छ । तिमी ठिक भएपछि म तिमीलाई भेट्नेछु ।’ बरुणले मुस्कानलाई अगाडि भनेका छन्–‘तिमी चाडै नै निको हुँदैछौ । तिमी राम्रो गर्दैछ्यौ । धेरै धेरै प्रेम छ ।’

यस्तै, कृतीले भिडियो कल गर्दै भनेकी छिन्–‘अहिले तिमी उपचारका लागि अस्पतालमा भर्ना भएकी छौं । चाडै नै निको भएर घर फर्किनेछौ भन्ने मेरो कामना छ । आशा छ, हामी चाडै भेट्नेछौ ।’ यस्तै, ‘दि भ्वाइस अफ नेपाल’का कोच राजु लामाले पनि मुस्कानलाई अस्पतालमै पुगेर भेटेका छन् । राजुले मुस्कानसँगको भेटमा गीत समेत गाएका थिए । यस्तै, मोडल नीति शाहले पनि मुस्कानलाई भेटेर उनको हिम्मत बढाउने काम गरेकी छिन् । भदौ २० गते विरगञ्जमा बिद्यालयबाट फर्किने क्रममा मुस्कानमाथि एसिड आक्रामण भएको थियो ।