Thursday, October 1, 2026
Home अपराध एक युवती ८ किलो चरेससहित पक्राउ

एक युवती ८ किलो चरेससहित पक्राउ

301

असोज ९,
काठमाडौं । काठमाडौंबाट धरान हिँडेकी एक युवतीको साथबाट प्रहरीले ८ किलो १६० ग्राम चरेस बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बिहीबार बिहान ३ बजे चरेससहित पर्सा पटेर्वा सुगौली नगरपालिका १ की २४ वर्षीया गीता राईलाई पक्राउ गरेको हो।

मकवानपुर प्रहरीका अनुसार हेटौडा उपमहानगरपालिका १० बसपार्कस्थित सडकखण्डमा काठमाडौंबाट धरान जाँदै गरेको बा४ख ८०६० नम्बरको बसलाई रोकेर चेकजाँच गर्दा राईको साथबाट चरेस बरामद भएको हो।

राईले झोलामा प्लास्टिकको टेपले बेरेर ८ पोकामा लुकाइराखेको चरेस पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ। उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।