असोज १०
सल्यान । सल्यानमाजिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–४ किमुचौरबाट तरकारी बोकेर कपुरकोट आउँदै गरेको लु१च ४२५३ नंको जिप दुर्घटनामा पर्दा किमुचौर निवासी ६७ वर्षीया कर्मी पुनको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते भएकी कर्मीको उपचारका क्रममा तुलसीपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ । यस्तै...
असोज १०,काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज तथा पूर्वराज्यमन्त्री हितमान भनिने नविन विश्वकर्मा पूर्पक्षका लागि जेल चलान भएका छन् । प्रहरीले विश्वकर्माविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ । जिल्ला अदालत ललितपुरले विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि नख्खु कारागार पठाइएको प्रहरीले...
असोज १०,
काठमाडौं ।नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट आजदेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराएको छ । बैंकले बिहान १० बजेदेखि नोट सटहीको व्यवस्था मिलाएको छ। राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट आजदेखि असोज १७ गतेसम्म नयाँ नोट साट्न सकिनेछ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारका साथै विराटनगर, जनकपुर,...
असोज १०,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको तर आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेको स्मरण गरेका छन् । नेपालय प्रकाशनद्वारा प्रकाशित वामपन्थी राजनीतिक इतिहास र नेताहरुको जीवनी चरित्रमा आधारित प्रा केआर खुम्बुको पुस्तक ‘छायाँको लस्कर’ को लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्नेसमेत नलाग्ने गरेको उल्लेख गरे ।उनले...
असोज १०,
धादिङ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् । रौतहटबाट काठमाडौं आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गौला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र...
असोज १०,
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य गगन थापाले मुख्य मन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी भएको आरोप लगाएका छन्। बिहिबार नेपाली कांग्रेस जुम्लाले आयोजना गरेको वृहत् आमसभामा बोल्दै थापाले उक्त आरोप लगाएका हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री थापाले केपी शर्मा ओलीलार्इ संघियता असफल बनाउनेतर्फ लागेको पनि आरोप लगाएका थिए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई संघिएता खारेज...
राजधानी दैनिक
असोज १०, काठमाडौं । सरकारी गाडीको दुरुपयोग रोक्न थुप्रै पटक अभियान सञ्चालन गरियो तर समस्या यथावत् नै छ । अझ उच्चपदस्थ सरकारी अधिकारीले पारिवारिक घुमघाम, किनमेल र धराशयी सामग्री ओसार–पसारमा सुविधाको गाडी प्रयोग गरी सरकारी गाडीको चरम दुरुपयोग गरेका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयका कर्मचारीले सरकारी गाडी लिएर सहुलियत पसलमा सामान किन्ने गरेको देखिएको छ...
कान्तिपुर दैनिक
असोज १०, काठमाडौँ — हुम्ला, सर्केगाड गाउँपालिकास्थित उनापानी गाउँकी ४५ वर्षीया मैनकला रावतले मुगुबाट खाद्यान्न ओसार्न थालेको १५ वर्ष बढी भयो । उनी हिउँद र चाडपर्वको समयमा खच्चड र चौरी ल्याएर ६ दिन हिडेर चार पटक चामल लिन गमगढी आउँछिन् । उनीमात्र होइन, हुम्लाको खाद्य गोदाममा पर्याप्त चामल नपाइने गरेकाले उनापानीका बासिन्दा एक साता लगाएर गमगढी आइ...
कान्तिपुर दैनिक
असोज १०, काठमाडौँ — सिमसिमे पानीसँगै साँझ ढल्किएपछि बुधबार रात नपर्दै काठमाडौं सुनसान बनिसकेको थियो । गन्तव्यतर्फ लम्किरहेका सवारीको हल्लाखल्ला र सटर बन्द गर्दाको कर्कस आवाजसँगै रात पर्दै थियो । धेरै मान्छे न्यानोको खोजीमा घर पसिसकेका थिए । राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास तथा समन्वय केन्द्रका अधिकारी भने यही झरीमाझ सडक छेउछाउमा रात गुजारिरहेका, सडक पेटी र गल्लीमा भौंतारिरहेका...
नेपाल समाचारपत्र
असोज १०, काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्। निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके पनि आफूहरूले ४९ लाख...










