Sunday, September 27, 2026
Home राजनीति मुख्यमन्त्रीहरु बिग्रिएका फोटोकपी हुन्ः गगन थापा

मुख्यमन्त्रीहरु बिग्रिएका फोटोकपी हुन्ः गगन थापा

324

असोज १०,
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य गगन थापाले मुख्य मन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी भएको आरोप लगाएका छन्। बिहिबार नेपाली कांग्रेस जुम्लाले आयोजना गरेको वृहत् आमसभामा बोल्दै थापाले उक्त आरोप लगाएका हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री थापाले केपी शर्मा ओलीलार्इ संघियता असफल बनाउनेतर्फ लागेको पनि आरोप लगाएका थिए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई संघिएता खारेज हुने हो कि भन्ने कत्ति पनि चिन्ता छैन । वर्तमान सरकारका प्रधानमन्त्रीलाई संघीयता कत्ति पनि चित्त बुझेको छैन । संघीयता तलमाथि भयो भने प्रदेश नंबर ३ र कर्णाली प्रदेशले अधिकार गुमाउँछ । देशको अबिभाबक जस्तो प्रधानमन्त्रीले संघीयताको चिन्ता नगर्ने झन् मुख्यमन्त्री त प्रधानमन्त्रीका टोकपी हुन् उनलाइ के चिन्ता रु’