क्यानमा ६ जना निर्विरोध, चार पदाधिकारीमा ८ को उम्मेद्‍वारी

80

असोज ११,
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को शनिबार हुने निर्वाचनमा ६ जना निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चार जनाको लागि आठ जनाको उम्मेदवारी परेको छ। अध्यक्ष, उपाध्यक्ष, सचिब र कोशाध्यक्ष गरी एक/एक पदमा दुई/दुई जनाको उम्मेदवारी परेको हो। निर्विरोध हुनेमा महिला सदस्यमा एक जनाको मात्र उम्मेदवारी परेकाले जयन्ती भट्ट निर्विरोध भएकी हुन्। यसैगरी प्रदेश २ बाट दाउद अन्सारी मोहम्मद, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल र कर्णाली प्रदेशबाट पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट भने विक्रम विष्ट पनि निर्विरोध निर्वाचित भएका हुन्। प्रदेशबाट १/१ जना सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था अनुसार उनीहरु एक जनाको मात्रै उम्मेदवारी परेको थियो। प्रदेश १ मा कैलाश विष्ट र लाक्पा लामा तथा प्रदेश ३ मा अमीत वीर पाण्डे र केलाश प्रदानबीच प्रतिस्पर्धा हुने भएको छ। क्यानको अध्यक्षका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच प्रतिस्पर्धामा छन्हु। उपाध्यका लागि मिङ्‍माडण्डु शेर्पा र राजुबाबु श्रेष्ठको उम्मेदवारी परेको छ। सचिवमा अशोकनाथ प्याकुरेल र विनोदकुमार मैनाली, कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईको उम्मेदवारी परेको छ।