प्रधानमन्त्री ओलीको क्षमतामाथि कमल थापाको प्रश्‍न

342

असोज ११,
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन्। नौबिसे नागढुङ्गा खण्डको जाममा परेर बिरामीको मृत्यु भएका समाचार सार्वजनिक भएपछि शनिबार बिहान ट्वीटरमार्फत् अध्यक्ष थापाले ‘गैरजिम्मेवार र निकम्मालाई कारबाही गर्नसक्ने क्षमता प्रधानमन्त्रीले गुमाइसकेको हो ?’ भन्दै प्रश्नसमेत गर्नुभएको छ । थापाले यसलाई सरकारको उदासिनता, अकर्मण्यता र असफलताको ज्वलन्त उदाहरण भएको टिप्पणी गरेका छन्र्नु। उनले प्रधानमन्त्री ओलीलाई ट्वीटरमा मेन्सन गर्दै ठूला ठूला भाषण नभई जनतालाई राहत दिन आग्रह गरे।