Tuesday, August 4, 2026
Home Blog Page 1275
असोज १५ काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खुलासा भएको छ ।महराले मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका थिए । जसमा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने उल्लेख थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उच्च स्रोतका अनुसार महराको यस्तो राजीनामा पत्र उपसभामुख शिबमाया तुम्वाहाङ्फेले अस्वीकृत गरेकी थिइन । यो राजीनामा...
असोज १५, काठमाडौं । फिल्म ‘पोइ पर्‍यो काले’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी शैलीको ट्रेलरमा पोइ काले पर्नुको पीडा देखाइएको छ । ट्रेलरमा पूजा शर्मा, सौगात पोखरेल, आकाश श्रेष्ठ, राजाराम पौडेल, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका देख्न सकिन्छ । फिल्मलाई शिशिर रानाले निर्देशन गरेका हुन् । भिडियो :https://www.youtube.com/watch?v=ElrD68cQrRA यस्तै फिल्ममा सोहित मानन्धर, सुरक्षा पन्त, किरण नेपाली, सृष्टि श्रेष्ठ,...
असोज १५, कास्की । घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्वेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई रु १० हजार घुस रकमसहित नियन्त्रणमा लिनापी...
असोज १५, काठमाडौं । दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्काे भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ । काठमाडौँबाट हेटौँडा जान लागेका एक यात्रुले ४५० लाग्ने भाडा ८०० तिरेर यात्रागर्न...
असोज १५, काठमाडौं स् चिनियाँ राष्ट्रपति शी जिनपिङको भ्रमण तयारीका लागि बेइजिङबाट विशेष टोली काठमाडौं आइपुगेको छ। बोइङ ७४७–८०० विमानमार्फत् चिनियाँ विशेष टोली अनुगमनका लागि काठमाडौं आइपुगेको हो। विशेष टोली दिउँसो पौने २ बजे काठमाडौं उत्रिएसँगै २ घण्टाका लागि विमानस्थल बन्द गरिएको छ। आवश्यक सुरक्षा तयारीको अनुगमन र नेपाली अधिकारीहरुसँग परामर्शका लागि टोली काठमाडौं आएको हो। टोली अवतरण...
असोज १५, काठमाडौँ । काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उक्त दुर्घटनाको बसका चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ...
असोज १५, काठमाडौं । संसद सचिवालयकी एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजीनामाले पूर्णता पाएको छ । संवैधानिक व्यवस्था अनुसार महराले राजीनामा उपसभामुख समक्ष मंगलबार नै बुझाएका हुन् । यो प्रक्रियाले पूर्णता पाउन अपनाउने प्रक्रियामा भने ढिलाई भएको थियो ।तर बुधबार संसद सचिवालयले सबै प्रक्रिया पूरा गरेर महराको राजीनामालाई पूर्णता दिएको हो। संवैधानिक व्यवस्था...
असोज १५, काठमाडौं । बौद्धस्तुपा क्षेत्रमा देखिएको विवाद समाधानका लागि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरिएको छ । गत शनिवार क्षमा पूजा गर्ने कार्यक्रममा चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडप भएको छ । बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापूजा तथा दीप प्रज्वलन कार्यक्रम बिथोल्न पुगेका गुठीका समर्थक र...
असोज १५ बाँके । भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ । नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिशनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किने नेपालीलाई दुःख दिँदै आएका छन् ।...
असोज १५, जनकपुरधाम । जनकपुरधाममा प्रहरीको भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान नेपाल प्रहरीको ना.१ ग. ४७९ नम्बरको भ्यान र पल्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा धनुषाको धनौजी घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वड़ा नम्बर ४ मा बस्दै आएका अन्दाजी १८ वर्षीय मनिष मण्डलको मृत्यु भएको हो।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रहेका जनकपुरधाम वड़ा...