असोज १५,
काठमाडौं । फिल्म ‘पोइ पर्यो काले’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी शैलीको ट्रेलरमा पोइ काले पर्नुको पीडा देखाइएको छ । ट्रेलरमा पूजा शर्मा, सौगात पोखरेल, आकाश श्रेष्ठ, राजाराम पौडेल, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका देख्न सकिन्छ । फिल्मलाई शिशिर रानाले निर्देशन गरेका हुन् । भिडियो :
यस्तै फिल्ममा सोहित मानन्धर, सुरक्षा पन्त, किरण नेपाली, सृष्टि श्रेष्ठ, शिशिर पौडेल, गोपाल ढकाल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।निर्देशक रानाकै कथा रहेको यो फिल्मलाई राजिव गुरुङ र सरोज नेपालीले निर्माण गरेका हुन् । चलचित्र आउँदो कार्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।