प्रहरीको भ्यान र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

237

असोज १५,
जनकपुरधाम । जनकपुरधाममा प्रहरीको भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान नेपाल प्रहरीको ना.१ ग. ४७९ नम्बरको भ्यान र पल्सर मोटरसाइकल एक आपसमा ठोक्किँदा धनुषाको धनौजी घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वड़ा नम्बर ४ मा बस्दै आएका अन्दाजी १८ वर्षीय मनिष मण्डलको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रहेका जनकपुरधाम वड़ा नम्बर ४ कै १६ वर्षीय नजीरुल अंसारी घाइते भएका छन्। घाइते अन्सारीको उपचार अञ्चल अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धनुषा प्रहरीका प्रवक्ता रामेस्वर कार्कीका अनुसार अत्यधिक गतिमा रहेको मोटरसाइकल गाडीमा ठोक्किएपछि दुर्घटना भएको हो दुर्घटना पश्चात घाइते भएका मनिषलाई उपचारका लागि तत्कालै अंचल अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो।