Wednesday, October 7, 2026
Home समाचार नापी कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ

नापी कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ

111
सांकेतिक तस्विर

असोज १५,
कास्की । घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्वेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई रु १० हजार घुस रकमसहित नियन्त्रणमा लिनापी कार्यालयएको आयोगले जनाएको छ । रासस