Wednesday, August 5, 2026
Home Blog Page 1224
मंसिर २७, भक्तपुर । काठमाडौको मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरमा बनभोज आएको बस दुर्घटना भएको छ । शुक्रबार बिहान कलेजबाट भक्तपुरको सुर्यबिनायक नगरपालिका ८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्दिसिद्दी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको महानगरीय प्रहरी बृत जगातीका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् । प्रहरीका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु...
मंसिर २६, काठमाडौं । अगाडि-पछाडि प्रहरीको स्कर्टिङसहित करिब १५ वटा सरकारी गाडीको लावालस्कर विहान हायात होटलबाट एकैपटक निस्कियो । यो भिआइपी टोलीको मिसन थियो, साँखुसम्म सडक अनुगमन गर्ने । लस्करको बीचमा थियो कालो सिसा लगाइएको झण्डावाला गाडी । गाडीभित्र सवार थिए पूर्वप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नम्बर २ का सांसद माधवकुमार नेपाल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ अनि प्रदेशसभा...
मंसिर २६,काठमाडौं । नेपाल यूरोपेली यूनियनको कालोसूचिबाट बाहिर निस्किन फेरि पनि असफल भएको छ । यूरोपेली यूनियनले यसै साता संसारभरका वायुसेवा कम्पनीका सम्बन्धमा अपडेट गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको हो । यसले गर्दा नेपालभित्र दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनी अझै कम्तीमा ६ महिना युरोपको आकाशमा उड्न नपाउने भएका छन् । स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश...
मंसिर २६, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच दुई पक्षीय समझदारीमा ११ बुँदामा हस्ताक्षर गरिएको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र सम्झौताको प्रमुख उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न कार्यक्रम आयोजना तथा सञ्चालन गर्नेलगायतका ११ बुँदामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा भ्रमण वर्ष २०२० का...
मंसिर २६, काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल...
मंसिर २६, भक्तपुर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज भक्तपुरका नेवार समुदायले योमरी पूर्णिमा भव्य रुपमा मनाउदैं छन् । नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले योमरी पूर्णिमा हर्षोल्लासका साथ रमाइलो गरेर मनाउने गर्दछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ आज ज्यापु दिवस पनि हो । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि...
उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा मंसिर २६,काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ। तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन्। किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो...
मंसिर २६, काठमाडौं । हिजो बेलुकादेखि नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हिजो बेलुका प्रकाशित गरेको विशेष मौसम बुलेटिनअनुसार न्युन चापीय प्रणाली नेपालको पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको र पूर्व सर्ने क्रममा रहेको छ । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात...
मंसिर २६, काठमाडौं । फिल्म क्षेत्रको विकाश र प्रवर्धनको लागि विभिन्न कार्यक्रम भईराखेको हुन्छन् । करिश्मा मानन्धरले हालै यस्तै कार्यक्रममा सहभागीता भएको सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएकी छिन् । तर यो कार्यक्रमका कुराहरु उनलाई मन परेन छ । उनले फेसबुकमा गुनासो पोख्न भ्याएकी छिन् । उक्त कार्यक्रममा एक फिल्मकर्मीले नेपाली चलचित्रको इतिहास १० वर्ष मात्र भएको बताएछन् । उनले...
मंसिर २६, फिल्म नगरीमा बिहेको सिजन चलिरहेको छ । नायिका ऋचा शर्माले हालै आफ्नो प्रेमिसँग बिहे गरिन् । अर्की नायिका आँचल शर्मा पनि प्रेमीसँग यही वर्ष बिहे गर्ने तयारीमा छन् । यतिबेला फिल्म नगरीमा अविवाहित नायिकाहरु बिबाह गर्ने मनस्थितिमा छन्, भन्दा फरक नपर्ला । यस्तै मध्येमा नायिका नीता ढुंगानाले आफुलाई बेहुली बन्न रहर लागेको कुरा सार्वजनिक गरेकी छिन् । फिल्म...