मंसिर २८,
काठमाडौं । मंसिरमा परेको हिउँदे झरीपछि बिहीबार रातिदेखि हिमाली र उच्च पहाडी भेगमा हिमपात भएको छ। उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ। हिमपातकै कारण शुक्रबार डोल्पाको जुफाल विमानस्थलबाट उडान हुन सकेन। त्यस्तैगरी, सोलुखुम्बुको लुक्ला क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातका कारण लुक्ला विमानस्थलमा पार्किङ गरिराखेको हेलिकोप्टरहरू हिउँले ढपक्कै ढाकिएको देख्न...
मंसिर २८,
भक्तपुर । प्रवल गोरखा दक्षिणवाहु २०६२ द्धारा सम्मनित डा. विरेन्द्रप्रसाद कायष्ठ द्धारा लिखित “मल्लकालीन संस्कृति र ज्यातिष विज्ञान” पुस्तक आज एक कार्यक्रम गरि विमोचन गरेको छ । यस पुस्तकमा भक्तपुरको संस्कृति, संस्कारमा ज्योतिष विज्ञानको महत्वबारे चर्चा गरिएको छ । विमोचन कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंले गर्नु भएको थियो । पुस्तकमा भक्तपुरको...
मंसिर २८,
काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल...
मंसिर २८,
नवलपरासी । पूर्वी नवलपरासीको कावासोती-३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार ना. ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।दुर्घटनामा घाइते भएकोमध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र...
मंसिर २८,
जनकपुर । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा बम बिस्फोटमा एक प्रहरी निरिक्षक सहित तीन जनाको मृत्यु भएको छ । महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोटमा घाइते प्रहरी निरिक्षक अमिर दहालको मृत्यु भएको छ । गम्भीर घाइते दहालको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन्...
मंसिर २७,
काठमाडौं। कीर्तिपुरका नविन महर्जनले पोहोर घर बनाउँदा भूइँ तला छाडेर प्रतितला २५ लाख रूपैयाँ हाराहारी खर्च भएको थियो। उनले अहिले चौथो तला थपेका छन् । २२ लाख रूपैयाँमै निर्माण सम्पन्न भएको छ।कीर्तिपुरकै ललित महर्जनले पनि यतिबेला घरको तला थपेका छन्। उनले पनि गत वर्षको तुलनामा प्रतितला दुईदेखि तीन लाख रूपैयाँसम्मै कम खर्चमा निर्माण सम्पन्न गरेका छन्।यी त...
मंसिर २७,
काठमाडौं। आन्तरिक टर्मिनल भवनमा अवैध रूपमा पास लिएका हेलिकप्टर कम्पनीका एजेन्टका कारण पर्यटक दिक्क भएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)ले कडाइ गर्ने भएको छ।
बिजमाण्डू डटकम लेख्छः हेलिकोप्टर कम्पनीहरूको सिफारिसमा प्रवेश पास लिन विमानस्थल कार्यालयमा एजेन्टको बैंक स्टेटमेन्ट सहितको पूर्ण विवरण पेस गरिनु पर्छ । प्रवेश पास भएपछि भित्रै घुमिरहने आधा दर्जनभन्दा बढी एजेन्टको पूर्ण विवरण पनि विमानस्थल...
मंसिर २७,
स्याङ्जा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले गएराति सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ स्थायी ठेगाना भएका ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका–१ घर भएका ३२ वर्षीय जीवन क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक...
मंसिर २७,
भक्तपुर । प्रहरी जवानका लागि भक्तपुरमा प्रहरी आवस गृह निर्माण हुने भएको छ । महानगरीय प्रहरी बृत्त ठिमीको पहलमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ६, कुण्डोलमा नेपाल प्रहरीलागि परिवार आवास भवन निर्माण हुने महानगरीय बृत्त ठिमीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) शान्तिराज कोइरालाले बताए । प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीयबासीकै सक्रियतामा प्रहरी परिवार आवास भवन...
मंसिर २७,
काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा समस्याका समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन दिएको छ । शुक्रबार सिंहदरवारमा बसेको बैठकले निर्देशनको पहिलो नम्बर बुँदामा लिम्पियाधुरा, लिपुलेक र कालापानी, सुूस्ता लगायतका भारतीय पक्षबाट अतिक्रमणमा परेका नेपाली भू–भागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कुटनीतिक तहमा वार्ता गरी...










