नीताको बेहुली बन्ने रहर, बेहुला को ?

397

मंसिर २६,
फिल्म नगरीमा बिहेको सिजन चलिरहेको छ । नायिका ऋचा शर्माले हालै आफ्नो प्रेमिसँग बिहे गरिन् । अर्की नायिका आँचल शर्मा पनि प्रेमीसँग यही वर्ष बिहे गर्ने तयारीमा छन् । यतिबेला फिल्म नगरीमा अविवाहित नायिकाहरु बिबाह गर्ने मनस्थितिमा छन्, भन्दा फरक नपर्ला । यस्तै मध्येमा नायिका नीता ढुंगानाले आफुलाई बेहुली बन्न रहर लागेको कुरा सार्वजनिक गरेकी छिन् । फिल्म या म्युजिक भिडियोको बेहुलीको भेषको फोटो राख्दै नीताले ‘तिम्रो घरमा बेहुली भएर आउन मन छ’, लेखेकी छिन् । तर नीताको बेहुला चाहिं को हुन् त ? त्यो भने केही समय कुर्न पर्ने भएको छ ।