करिश्माको गुनासो…….

239

मंसिर २६,
काठमाडौं । फिल्म क्षेत्रको विकाश र प्रवर्धनको लागि विभिन्न कार्यक्रम भईराखेको हुन्छन् । करिश्मा मानन्धरले हालै यस्तै कार्यक्रममा सहभागीता भएको सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएकी छिन् । तर यो कार्यक्रमका कुराहरु उनलाई मन परेन छ । उनले फेसबुकमा गुनासो पोख्न भ्याएकी छिन् । उक्त कार्यक्रममा एक फिल्मकर्मीले नेपाली चलचित्रको इतिहास १० वर्ष मात्र भएको बताएछन् । उनले ३० वर्ष देखि फिल्म क्षेत्रमा लागेको हाम्रो केहि अस्तित्व छैन भन्दै आक्रोश पोखेकी छिन् । उनले लेखेकी छिन्, ‘आज एउटा सिनेमाको विषयको अन्तरक्रिया कार्यक्रममा सहभागी भएको थिए । नेपाली चलचित्रका विभिन्न पक्षहरुको सकारात्मक र नकारात्मक विषयबारे छलफल भयो । वक्ता सहभागीहरुमा नयाँ र पुराना दुवै समयका चलचित्रकर्मीहरु थियौ । खुवी र कमिकम्जोरी हरेक क्षेत्रमा हुन्छन् ।
मैले यो लेखिरहनुको अर्थ किनभने,

एक वक्ताले के भन्नूभयो भने, सिनियरहरुले भन्नुहुन्छ नेपाली चलचित्रको इतिहास ५० वर्षको छ तर म मन्दिन र वहाँको विचारमा साच्चिकै नेपाली चलचित्रको इतिहास मात्र १० वर्षको भयो भन्नुभयो । तेसो भए के त हामी अस्तित्वमा थिएनौं रु हामीले भोगेको घाम, पानी, भोक, तिर्खा सब बेमत्लब ?
म पनि चलचित्र क्षेत्रमा लागेको ५० वर्ष भएको छैन १ अनि के म नेपाली चलचित्रको इतिहास ३० वर्षको मात्रै हो भनु? अनि जब उहाँहरु विस्थापित हुनुहुनेछ १ नयाँ आउने पुस्ताले आफू सुरु भए देखिको मिति गन्ने ?