पुस २,
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३।७ डिग्री सेल्सियस पुगेको छ । यस वर्ष न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको काठमाडौंमा बुधबार बिहान ३.७ मापन भएको हो । मौसमविद वरुण पौडेलले बुधबार बिहान साढे ६ बजे न्यूनतम तापक्रम ३.७ डिग्री मापन भएको जानकारी दिए । उनका अनुसार, काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । तापक्रम अझै...
पुस १, भक्तपुर । नेपाली काङ्ग्रेसका नेता तथा पुर्ब सभासद रामेश्वर ढुङेलको निधन भएको छ । २०७० सालको संविधान सभाको निर्वाचनमा भक्तपुर क्षेत्र २ बाट निर्वाचित ६१ वर्षीय ढुङेलको मंगलबार दिउँसो निधन भएको हो । मस्तिष्क पक्षघात भएका उनको महाराजगन्ज स्थित शिक्षण अस्पतालमा केही दिन यता उपचार भइ रहेको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम सस्कार...
मंसिर ३०,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले जन्ती गएर घर फर्कैर्दै गरेका व्यक्तिलाई छुरा प्रहार गरि फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । २५ गते बुधबार भक्तपुर नगरपालिका–१० कमलबिनायक बसपार्क स्थित विवाहमा जन्त गई फर्कन लागेका भक्तपुर नगरपालिका–९ च्याम्हासिंह बस्ने ४८ वर्षका गंगाप्रसाद प्रजापतीलाई ३ जनाले छुरा प्रहार गरेका थिए । छुरा प्रहरी गरि फरार रहेका भक्तपुर...
मंसिर ३०,
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा निसास्सिएर आमा र छोराको मृत्यु भएको छ । कोठा तातो बनाउन भन्दै कोइला बालेर सुतेका ३२ वर्षीय शर्मिला रञ्जितकार र उनका २ महिनाको छोराको मृत्यु भएको हो । कोठामा सँगै सुतेका शर्मिलाका श्रीमान् नमराज रञ्जितकार बिरामी भएका छन् । जाडो मौसम भएको र सुत्केरी भएको कारण सानो कोठामा सबै झ्याल ढोका बन्द गरी...
मंसिर ३०,
बीबीसी । भारतले हालै जारी गरेको विवादास्पद नयाँ नागरिकता कानुनका कारण पूर्वोत्तर भारतमा नागरिकताविहीन हुन सक्ने केही मानिसहरू नेपालभित्र प्रवेश गर्न सक्ने भन्दै विज्ञहरूले सरकार समयमै चनाखो हुनुपर्ने बताएका छन्। विशेषगरी नेपालका पूर्वी नाकाहरूमा सरकारले तत्कालै निगरानी बढाउनुपर्ने उनीहरूको सुझाव छ। नेपाली सरकारी अधिकारीहरूले उक्त विषयबारे नयाँ निर्णय नगरिएको भए पनि नाकाहरूमा थप कडाइ गरिएको बताएका छन्।...
मंसिर ३०,
काभ्रे । स्थानीय तह समायोजन अन्तर्गत नेपाली काङ्ग्रेस काभ्रेको मण्डनदेउपुर,पाँचखाल र धुलिखेल नगरपालिकाको समायोजन सम्पन्न भएको छ। जस अनुसार मण्डन देउपुरको सभापतिमा रामहरि सापकोटा ,उपसभापतिमा तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट उपसभापतिमा भरत सापकोटा , उपसभापतिमै पुरुषोत्तम बजगाइ चयन भएका छन । पाँचखालको सभापतिमा गणेश अधिकारी, उपसभापतिमा राजकुमार कार्की ९तत्कालीन लोकतान्त्रिक फोरम र हरि दुलाल त्यस्तै...
मंसिर ३०,
काठमाडौं । नेपाली कथानक चलचित्र ‘नीरफूल’को नयाँ रिलिज डेट तय भएको छ। पत्रकार फूलमान बलले निर्देशन गरेको यस चलचित्र आगामी फागुन ३० मा फिल्म मुलुकभर रिलिज हुने बताइएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाइले फागुनमा सरेको हो। भूकम्पका कारण बिछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म गणेश हिमाल...
मंसिर २९,
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा भएको पारिवारिक स्रोतले जनाएको छ ।
भट्टराई अनामनगरमा बस्दै आएका थिए भने घरमा रहेकै बेला एकाएक स्वास्थ्यमा समस्या आएको थियो ।...
मंसिर ३०,
सुर्खेत । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । उनले भने, “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए ।...
मंसिर २८,
काठमाडौं । गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताएका छन् । घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको जनाएका छन्। “यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता...










