काभ्रेमा काङ्ग्रेस र लोकतान्त्रीक फोरमबीच संमायोजन जारी

271

मंसिर ३०,
काभ्रे । स्थानीय तह समायोजन अन्तर्गत नेपाली काङ्ग्रेस काभ्रेको मण्डनदेउपुर,पाँचखाल र धुलिखेल नगरपालिकाको समायोजन सम्पन्न भएको छ। जस अनुसार मण्डन देउपुरको सभापतिमा रामहरि सापकोटा ,उपसभापतिमा तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट उपसभापतिमा भरत सापकोटा , उपसभापतिमै पुरुषोत्तम बजगाइ चयन भएका छन । पाँचखालको सभापतिमा गणेश अधिकारी, उपसभापतिमा राजकुमार कार्की ९तत्कालीन लोकतान्त्रिक फोरम र हरि दुलाल त्यस्तै धुलिखेल नगरपालिकाको सभापतिमा जित कृष्ण धिनाजु उपसभापतिमा तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट राजेश हुमागाइ चयन भएका छन् । त्यसै गरि नगरपालिका सबै वडा इकाई समितिको समेत गठन गरिएको छ। जसमा सभापति र उपसभापति सर्बसम्मत चयन गरिएको छ। उपसभापति भने सबै वडामा तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट समायोजन गरिएको मन्डन देउपुरबाट उपसभापतिमा चयन भएका भरत सापकोटाले जानकारी दिएका छन् ।

त्यसैगरि बनेपा नगरपालिकाको सभापतिमा राम जोशी र उपसभापतिमा तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट ईश्वरी बादे श्रेष्ठ निर्वाचित भएका छन् भने बेथानचोक गाउँपालिकाको सभापतिमा कृष्ण बहादुर पाख्रिन र उपसभापतिमा तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट सन्जीब थापा चयन भएका छन् । सबै वडा समितिको पनि समायोजन सम्पन्न भएको छ।