‘नीरफूल’ फागुन अन्तिम सातामा फूल्दै

110

मंसिर ३०,
काठमाडौं । नेपाली कथानक चलचित्र ‘नीरफूल’को नयाँ रिलिज डेट तय भएको छ। पत्रकार फूलमान बलले निर्देशन गरेको यस चलचित्र आगामी फागुन ३० मा फिल्म मुलुकभर रिलिज हुने बताइएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाइले फागुनमा सरेको हो। भूकम्पका कारण बिछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म गणेश हिमाल क्षेत्रमा पर्ने धादिङको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको छ। फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गरेका छन्। फिल्मको पटकथा निर्देशक बल स्वयं र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एसोसिएट निर्देशकको रुपमा पनि छन्। निर्देशक बलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए। अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसको रुपमा हुने उनको दावी छ।

फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए। फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन्। निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन्। प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन्।