Monday, November 23, 2026
Home अपराध भक्तपुरमा जन्ती गएर घर फर्कैदै गरेका व्यक्तिमाथी छुरा प्रहार

भक्तपुरमा जन्ती गएर घर फर्कैदै गरेका व्यक्तिमाथी छुरा प्रहार

275
सांकेतिक चित्र

मंसिर ३०,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले जन्ती गएर घर फर्कैर्दै गरेका व्यक्तिलाई छुरा प्रहार गरि फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । २५ गते बुधबार भक्तपुर नगरपालिका–१० कमलबिनायक बसपार्क स्थित विवाहमा जन्त गई फर्कन लागेका भक्तपुर नगरपालिका–९ च्याम्हासिंह बस्ने ४८ वर्षका गंगाप्रसाद प्रजापतीलाई ३ जनाले छुरा प्रहार गरेका थिए । छुरा प्रहरी गरि फरार रहेका भक्तपुर नगरपालिका वडा नं. ३ बंशगोपाल बस्ने बर्ष १९ को रामशेखर शिलाकार, सोही स्थानको बर्ष १९ को समिर मंक र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नं. ६ घर भई हाल बोडे भक्तपुर बस्ने बर्ष १९ को प्रबिण बस्नेतलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

छुरा प्रहार गरी गम्भिर घाईते बनाई फरार भएका भन्ने सुचना प्राप्त हुनासाथ घटनास्थलमा तत्काल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटी गई घटनामा संलग्न ब्यक्तिहरुको खोजतलास गरेको प्रहरीले जानकारी दिएको छ । वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले गोप्य रुपमा प्राप्त सुचनाको आधारमा उनीहरुलाई शनिबार च्याम्हासिंहबाट क्राउ गरेको प्रहरी परिसर भक्तपुरले बताएको छ ।
प्र
हरीले शिलाकारको साथबाट ४ सय ग्राम सुकेको गाँजा समेत बरामद र प्रहरी वृत्त जगातीमा राखको र कानुनी कारवाहीको लागि भक्तपुर जिल्ला अदालत पेश गरेको छ । अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।