फागुन २४,काठमाडौं । खाना पकाउने एलपी ग्यास नपाइने त्रासमा काठमाडौंको अनामनगरमा उपभोक्ताहरु शुक्रबार लाइनमा बसे । चार वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक यसरी उपभोक्ताहरु सिलिण्डर बोकेर लाइनमा बसेका हुन् । अब ग्यास पाइँदैन कि भन्ने त्रास आम जनतामा छायो । कोरानाका कारण नाकाबन्दीमा जस्तै ग्यासको अभाव हुने डरले आफूसँग रहेको रित्तो सिलिण्डर भर्न लाइनमा बसेको उनीहरुले बताए ।ग्यास...
फागुन २४,गुल्मी । जिल्ला को मदाने गाउँपालिका–७, भनभने नेटाखर्क गाउँका ११ वर्षीय मनिष खड्का आर्थिक अभावका कारण चन्दा उठाएर बाबुको काजकिरिया गरिरहेका छन् । दुबै मिर्गौला फेल भएका उनका पिता रामबहादुर खड्काको उपचारमा पनि रकम अभावका कारण चन्दा उठाइएको थियो । उपचार कै क्रममा फागुन १५ गते ४२ वर्षको उमेरमा रामबहादुरको मृत्यु भएपछि काज किरियाका लागि समेत रकम अभाव...
फागुन २३,
काठमाडौं । पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको नोभल कोरोना ९कोभिड–१९० भाइरसको संक्रमण एक लाख भन्दा बढीमा देखिएका छ । शुक्रबार अपरान्हसम्मा १ लाख १ सय ६२ जनामा कोरोनाको संकेत देखिएको हो । कोरोना देखिएका मध्ये आधा भन्दा बढी निको भइसकेका छन् । ९३ देशमा पुगेको कोरोनाका ५५ हजार ८ सय १२ जना उपचारपछि निको भइसकेको एजेन्सीहरूले जनाएका...
फागुन २३,
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेबहादुर देउवाले विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । शुक्रबार सभापति देउवाले सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हुन् । तत्कालीन फोरम अध्यक्ष तथा वर्तमान काँग्रेस उपसभापति गच्छदारको सिफारिसमा पार्टी विधान २०१७ (संशोधन सहित)...
फागुन २२,
काठमाडौं । पछिल्लो समय मिडियामा चर्चामा रहेकी ८ वर्षीय बालिका आयुषा गौतमको स्वर रहेको निकै कर्णप्रिय लोकगीत भिडियोसहित सार्वजनिक भएको छ । आयुषले यो गीत चर्चित गायक राजु परियारसँग गाएकी हुन् ।
डिआर सुजनको संगीत र प्रल्हाद सुवेदीको शब्द रहेको गीत आयुषा र राजुले गुरु चेलीको रुपमा गाएका छन् । गीतमा गुरुसँग चेलीले आफ्नो सपनाको चर्चा गरेको शब्द समेटिएको...
फागुन २२,
काठमाडौं । पछिल्लो मन्त्रिपरिषद बैठक फागुन १८ गते आइतबार बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अब अर्को बैठक आफू अस्पतालबाट डिस्चार्ज भएपछि एक साता पछाडि बस्ने अस्पताल भर्ना हुनुअघिको भिडियो सन्देशमा बताइसकेका छन् । आइतबारको मन्त्रिपरिषद बैठकका अधिकांश निर्णयहरु सार्वजनिक भइसकेका छन् । यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका ११...
फागुन २२,
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनतालाई खुशी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्ने बताएका छन् । मदन भण्डारी फाउन्डेशन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला –५, नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिष्ट पार्टी टिक्नजनता खुसी हुनुपर्ने बताएका हुन् ।‘आफ्नो देशका...
फागुन २२,
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले पार्टीको भेला, सम्मेलन र सभाहरु स्थगित गरेको छ । तर क्रियाशील सदस्यता वितरण तथा नविकरण लगायतका १४औं महाधिवेशनको तयारी कामहरु भने जारी रहने उसले बताएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरेको छ भने सभा, सम्मेलनलगायतका कार्यक्रम स्थगित गर्न सबैलाई आग्रह गरेको छ ।...
फागुन २२,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि बुधबार बिहान १० बजेपछि अपरेशन थिएटरमा लगिएको थियो । ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालले पत्रकार सम्मेलन गरेर स्वास्थ्यस्थितिबारे जानकारी दिन लागेको छ।चिकित्सकहरुले अनौपचारिक रुपमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल...
फागुन २०,
काठमाडौं । ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ७ः५७ बजे चीरोत्थान गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारी मिठाराम पुडासैनीले जानकारी दिए । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु हुने परम्परा छ । फागुन शुक्ल...









