अहिलेसम्म कोरोना संक्रमण कहाँ कति ?

167
सांकेतिक तस्विर

फागुन २३,
काठमाडौं । पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको नोभल कोरोना ९कोभिड–१९० भाइरसको संक्रमण एक लाख भन्दा बढीमा देखिएका छ । शुक्रबार अपरान्हसम्मा १ लाख १ सय ६२ जनामा कोरोनाको संकेत देखिएको हो । कोरोना देखिएका मध्ये आधा भन्दा बढी निको भइसकेका छन् । ९३ देशमा पुगेको कोरोनाका ५५ हजार ८ सय १२ जना उपचारपछि निको भइसकेको एजेन्सीहरूले जनाएका छन् । कोरोनाका कारण ३ हजार ४०८ जनाको ज्यान गइसकेको छ ।

नेपाल कोरोना मुक्त

संक्रमित भेटिएका मध्ये नेपालसहित चार देशका बिरामीले स्वास्थ्य लाभ गरिसकेका छन् । चीनबाट फर्किएका एक विद्यार्थीमा कोरोना देखिएको र उनी निको भइसकेका छन् ।

नेपालमा आशंकित ४३२ जनाको परीक्षण भएको र उनीहरूमा कोरोना भाइरस नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै, एकरएक जना संक्रमित देखिएका श्रीलंका, लाटभिया र कम्बोडियामा पनि कोरोनाको बिरामी नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दक्षिण एसियामा कहाँ कति ? 

दक्षिण एसियाली देशहरू मध्ये भारतमा सबैभन्दा बढी संक्रमित भेटिएको छ । पछिल्लो आंकडा अनुसार भारतमा ३१ जनामा कोरोना देखा परेको हो । उनीहरू मध्ये तीन जना निको भइसकेका छन् भने २८ जना आइसोलेसनमा राखिएका छन् ।

पाकिस्तानमा ६ जनामा यसको संक्रमण देखिएको छ । भुटान र अफगानिस्तानमा पनि एक एक जनामा संक्रमित फेला परेका छन् । बंगलादेश र माल्दिभ्समा कोरोना संक्रमित भेटिएको छैन ।

मृत्युदर ३.४ प्रतिशत

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ भाइरसबाट संक्रमित मध्ये ३.४ प्रतिशतको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ । यसअघि संगठनले मृत्युदर दुई प्रतिशत हुने प्रक्षेपण गरेको थियो । चीनमा तीन हजार ४२ जनाको ज्यान गएको छ । चीन बाहिर १८ देशका ३६६ जनाले ज्यान गुमाएका छन् । इटलीमा १४८, इरानमा १२४, दक्षिण कोरियामा ४२, अमेरिकामा १४, जापानमा १२ ९६ जना डायमण्ड प्रिन्सेस० र फ्रान्समा ७ जनाको मृत्यु भएको छ ।

यस्तै, स्पेनमा ५, इराकमा ३, हङकङ र अष्ट्रेलियामा २÷२ तथा स्विटजरल्याण्ड, बेलायत, नेदरल्याण्डस्, थाइल्याण्ड, ताइवान, अष्ट्रिया, सान मारिने र फिलिपिन्समा एकरएक जनाको ज्यान गएको छ ।