८ वर्षीया बालिका आयुषाको गीत सुनेर सबै दंग, भिडियो हेरौं

578

फागुन २२,
काठमाडौं । पछिल्लो समय मिडियामा चर्चामा रहेकी ८ वर्षीय बालिका आयुषा गौतमको स्वर रहेको निकै कर्णप्रिय लोकगीत भिडियोसहित सार्वजनिक भएको छ । आयुषले यो गीत चर्चित गायक राजु परियारसँग गाएकी हुन् ।
डिआर सुजनको संगीत र प्रल्हाद सुवेदीको शब्द रहेको गीत आयुषा र राजुले गुरु चेलीको रुपमा गाएका छन् । गीतमा गुरुसँग चेलीले आफ्नो सपनाको चर्चा गरेको शब्द समेटिएको छ । गीतको भिडियोमा कलाकार सरोज खनाल, लोकगायक कृष्ण, डिआर सुजन, रविना भन्डारी, लेखनाथ भुसाल, चक्र साउद आरसी लगायतको अभिनय देख्न सकिन्छ ।